Techie IT
Thursday, March 20, 2025 | बिहीबार, चैत्र ७, २०८१
२०८१ चैत्र ७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रतात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

तात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?


काठमाडौं । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका मेयर एक, उपमेयर एक र वडाध्यक्ष ३४ गरी ४४ वटा रिक्त पदका लागि उपनिर्वाचन हुन लागेको हो ।

ओखलढुङ्गा र कैलालीका जिल्ला समन्वय समिति प्रमुख, काठमाडौंको कीर्तिपुर नगरपालिकाका मेयर र जाजरकोटको नलगाड नगरपालिकाका उपमेयरका लागि निर्वाचन हुनेछ ।

त्यस्तै, मोरङको ग्रामथान गाउँपालिका र दैलेखको महाबु गाउँपालिका अध्यक्ष, दोलखाको गौरीशङ्कर गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष पदका लागि निर्वाचन हुनेछ ।

ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका–३, झापाको कन्काइ नगरपालिका–६, तेह्रथुमको लालीगुराँस नगरपालिका–८, सुनसरीको गढी गाउँपलिका–६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका–५ र उदयपुरको त्रियुगा नगरपालिका–१२ मा वडाध्यक्षको निर्वाचन हुनेछ ।

यसैगरी, उदयपुरको बेलका नगरपालिका–९, सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नम्बर १ र ४, धनुषाको धनुषाधाम नगरपालिका–१, महोत्तरीको रामगोपालपुर नगरपालिका–२, रौतहटको ईशनाथ नगरपालिका–७, राजपुर नगरपालिका–६ र गढीमाई नगरपालिका–८ को वडाध्यक्षका लागि निर्वाचन हुनेछ ।

त्यस्तै काठमाडौंको कीर्तिपुर नगरपालिका वडा नं. १ र ४, काठमाडौं महानगरपालिका–१६, नुवाकोटको ककनी गाउँपालिका–२, मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१२, गोरखाको गोरखा नगरपालिका–५, गुल्मीको मुसिकोट नगरपालिका–१, रोल्पाको रुन्टीगढी गाउँपालिका–४, बर्दियाको ठाकुरबाबा नगरपालिका–४, रुकुम (पूर्व)को पुथा उत्तरगङ्गा गाउँपालिका–२ र कपिलवस्तुको शुद्धोधन गाउँपालिका–१ को वडाध्यक्षसहित ३४ वडाध्यक्षका लागि निर्वाचन हुने आयोगले जनाएको छ ।
आयोगका अनुसार उपनिर्वाचनका लागि २५ राजनीतिक दल दर्ता भएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

राजा फर्कने बाटोमा काँडैकाँडा (भिडिओसहित)

नेपालमा राजतन्त्र फल्नकै लागि भनेर निकै ठूला आन्दोलन भए । हज्जारौंको ज्यान गयो । र, आन्दोलनकै बलमा स्थापना भएको गणतन्त्र

स्वास्थ्य बिमा ५ लाखको बनाएर दीर्घरोगका लागि छुट्टै थैली बनाइने

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य बिमा सुधार सुझाव कार्यदलको प्रतिवेदन सार्वजनिक गर्दै बिमा रकम ५ लाख पु–याउने योजना

राजावादीको आन्दोलनमा लफडानै लफडा

राजावादीहरूले राजसंस्था फर्काउन ‘संयुक्त जनआन्दोलन’को घोषणा गर्दै नवराज सुवेदीलाई कमाण्डर तोकेपछि अहिले राजनीति निकै गर्माएको छ ।

ओली सरकार ढाल्ने प्रचण्डको अर्को ट्याक्टिस, राजावादीलाई देखाएर राष्ट्रिय सहमतीय…

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल जसरी पनि अहिलेको सरकार ढाल्न चाहन्छन् । फलस्वरुप प्रचण्डले नेपाली कांग्रेसका सभापति

ट्रकमा लोड गरेर केरुङ लैजाँदै गरेको करिब २५ करोड रुपैयाँसहित…

काठमाडौं । चीनको केरुङतर्फ लगिँदै गरेको अवस्थामा प्रहरीले स्रोत नखुलेको करोडौं रकम बरामद गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान

आगामी बजेटमा करका दरभन्दा दायरा बढाउन महासंघ अध्यक्ष ढकालको सुझाव

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले आगामी वर्षको बजेटमा करका दर भन्दा दायरा बढाउन सरकारलाई सुझाव

Techie IT