गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्रहरीले सवारीचालकलाई अनावश्यक दुख दिएको भन्दै सर्वोच्चमा रिट दायर प्रहरीले सवारीचालकलाई अनावश्यक दुख दिएको भन्दै सर्वोच्चमा रिट दायर स्वर्णपत्र बिहीबार, २०८१ कात्तिक ८ गते, १४:१७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । प्रहरीले सवारी चालक अनुमति पत्र र सवारी धनी प्रमाणपत्र गैरकानुनी तरिकाले नियन्त्रणमा लिने गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । निवेदक विवेक चौधरीले गृह मन्त्रालयलाई विपक्षी बनाएर दायर गरेको रिटमा प्रहरीले कानुनी सीमा नाघेको दाबी गरिएको छ । रिटमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ र नियमावली, २०५४ को उल्लङ्घन गर्दै प्रहरीले लाइसेन्स र ब्लुबुक नियन्त्रणमा लिएको उल्लेख छ । कानुनले जरिवाना गर्न सक्ने अधिकार दिए पनि लाइसेन्स वा ब्लुबुक नियन्त्रणमा लिन प्रहरीलाई कुनै अधिकार नदिएको चौधरीले दाबी गरेका छन् । निवेदनमा संविधानको धारा १६ र १७ उल्लङ्घन भएको दाबी गरिएको छ । धारा १६ ले ‘सम्मानपूर्वक बाँच्न पाउने हक’ र धारा १७ ले ‘स्वतन्त्रताको हक’ प्रत्याभूत गरेको बताइएको छ । निवेदकले कानुनको शासनको माग गर्दै उक्त कार्यको न्यायिक पुनरावलोकनको माग गरेका छन् । रिट १ कात्तिक २०८१ मा पेस गरी बुधबार दर्ता भएको हो । सर्वोच्च अदालतले चौधरीलाई बिहीबारको पेशीमा उपस्थित हुन बोलाएको छ । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति नारायणकाजी श्रेष्ठले सुटुक्क विद्या भण्डारी भेटेकोप्रति प्रचण्डको असन्तुष्टि काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई थाहै नदिइ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेका विद्या भण्डारीका कारण असफल हुनबाट जोगिए बालेन काठमाडौं । पुनः राजनीतिमा सक्रिय हुन लागेकी पूर्वराष्ट्रपति विद्यादेवीको भूमिका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असफल हुनबाट जोगिएका छन् ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको लोकप्रिय १ कांग्रेसको कारबाहीले नेपाली राजनीति नै तरंगित २ जसपासँगै नागरिक उन्मुक्ति पार्टीले पनि फिर्ता लिने भयो ओली सरकारलाई दिएको समर्थन ३ सरोज गुरागाईंले मुख खोलेपछि बालेन झन् अप्ठेरोमा ४ चीनको तिब्बतमा भीषण वर्षा: भोटेकोशी र सुनकोशी नदीमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह ५ रास्वपाको भूमिकामाथि उठ्न थाल्यो प्रश्न, रवि लामिछानेको मुद्दासँग भिजिट भिसालाई साट्न खोजेको आरोप ६ बालेन बने इतिहासकै असफल मेयर, बजेट ल्याउन एक्सन लिँदै उपमेयर सुनिता ७ अमेरिकाबाट डिपोर्ट भएका १६३ नेपालीलाई समाजमा पुनस्थापना हुन कठिन ८ तीन महिनामा १४५ रुपैयाँले बढ्यो अण्डाको भाउ, अझै बढ्ने अनुमान