Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन

सीआईबीसँगको बयानमा रविले भने- म जाँदा जिबीले पैसा ल्याइसकेका रहेछन्, मलाई थाहै भएन


काठमाडौं । सहकारी ठगी र संगठित अपराध गरेको आरोपमा पाँच दिनदेखि कास्की प्रहरीको हिरासतमा रहेका रवि लामिछानेले प्रहरीलाई इन्कारी बयान दिएका छन् । प्रहरीसँगको बयानमा उनले आफूमाथि लागेका आरोप अस्वीकार गरेका हुन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले रविको बयान लिइरहेको छ । मुख्यगरी सूर्यदर्शनसहित पाँच वटा सहकारीबाट ६५ करोड बढी रकम गोरखा मिडिया नेटवर्कमा ल्याएर अपचलन गरेको आरोप रविमाथि छ । तर रविले भने आफू गोरखा मिडियामा पुग्दा सहकारीको रकम भित्रिसकेको बयान दिएका छन् ।

यसैगरी आफू कामदार भएकाले त्यसको सम्पूर्ण जिम्मेवारी तत्कालीन अध्यक्ष जितेन्द्र बाबु राई (जीबी)ले लिनुपर्ने उनको भनाइ छ । मिडियाका तत्कालीन प्रबन्ध निर्देशन रहेका रविको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । रविका पार्टनर छविलाई कास्की प्रहरीले बयान लिइसकेको छ ।

सहकारी ठगीसम्बन्धी विशेष संसदीय छानबिन समितिलाई सूर्यदर्शन सहकारीका कोषाध्यक्ष मदनकुमार रम्तेलले दिएको बयानअनुसार पनि रविमाथि लगाइएका आरोपबारे प्रहरीले सोधेको थियो । रम्तेलले सहकारीको रकम बैंकमा जम्मा गरेका व्यक्ति रवि नै हुन् भन्ने बयान दिएका थिए ।

प्रहरीको प्रश्नमा रविले सहकारीको आफू सदस्य नभएको र त्यो अवस्थामा आफूले ऋण लिने कुरा नभएको बयान दिएका छन् । ग्यालेक्सीमा रहँदा कम्पनीको नाफा र घाटाको विश्लेषण नगरी धमाधम किन चेक काटेको ? भनेरसमेत प्रहरीले रविसँग प्रश्न गरेको थियो । रविले प्रशासनिक जिम्मेवारीमा रहेकाले कर्मचारीलाई तलब, सुविधा र अन्य प्रशासनिक खर्चको चेक आफूले काटेको बयान दिएका छन् ।

सूर्यदर्शनलगायत सहकारीको पैसा गोरखा मिडियामा ल्याएर दुरूपयोग गरेको भन्दै संसदीय छानबिन विशेष समितिले लामिछानेसहित ४ जनालाई कारबाही गर्न सिफारिस गरेको थियो । सोही प्रतिवेदन कार्यान्वयनका क्रममा रविलाई पक्राउ गरिएको हो । प्रहरीले गत शुक्रबार राति काठमाडौंको वनस्थलीस्थित रास्वपाको कार्यालयबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई हिरासतमा राखी अनुसन्धान गर्न अदालतले ६ दिनको अनुमति दिएको छ । जुन भोलि सकिँदै छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ ।

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

Techie IT