Techie IT
२०८१ कात्तिक २३, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रगौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन

गौशाला धर्मशालाबारे अध्ययन गर्न ६ सदस्यीय समिति गठन


काठमाडौं । पशुपति धर्मशालाको विषयमा यथार्थ अध्ययन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ६ सदस्यीय समिति गठन गरेको छ । मन्त्रालयले एक प्रेस विज्ञप्ति जारी गर्दै मन्त्रालयका सहसचिव एवं संस्कृति महाशाखा प्रमुखको अध्यक्षतामा धर्मशालाका विषयमा अध्ययन गरी प्रतिवेदन पेस गर्न छ सदस्यीय अध्ययन समिति गठन गरिएको जानकारी दिएको हो ।

अध्ययन समितिका अन्य सदस्यहरुमा पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका उपससचिव, कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव, पुरातत्व विभागका उपसचिव र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति शाखाका उपसचिव रहने बताइएको छ ।

समितिले गौशाला धर्मशाला स्थापनादेखिको अवस्थाको अध्ययन गर्ने, धर्मशालाको आयव्ययको विवरण, लेखा परीक्षण अवस्था, सम्पत्ति, दायित्व, निर्मित संरचना तथा गौशाला धर्मशालाबाट प्रवाह भएको सेवाको प्रकृति तथा अवस्था अध्ययन गर्ने जिम्मेवारी पाएको छ ।

अदालतबाट विभिन्न समयमा भएको आदेश तथा फैसलाको कार्यान्वयनको अवस्था, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक लेखा समिति, महालेखा परीक्षकको प्रतिवेदन, विभिन्न समयमा गठन भएका समितिको प्रतिवेदन र मन्त्रालय तथा पशुपति क्षेत्र विकास कोषका निर्णय अध्ययन गर्नेे जिम्मा समितिलाई दिइएको छ ।

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अब के होला दीपक मनाङ्गेको सांसद पद ? कति वर्ष…

काठमाडौं । ज्यान मार्ने उद्योगमा सर्वोच्च अदालतबाट दोषी ठहर भएपछि राजीव गुरूङ अर्थात् दीपक मनाङेको सांसद पद के हुन्छ र

प्रहरीले अनुसन्धानका लागि माग्यो रवि लामिछानेको जग्गा विवरण र बैंक…

काठमाडौं । कास्की प्रहरीले सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपा सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको जग्गा विवरण र बैंक स्टेटमेन्ट

तात्न थाल्यो उपनिर्वाचनको माहोल, कहाँ-कहाँ हुँदैछ निर्वाचन ?

काठमाडौं । स्थानीय तहमा रिक्त ४४ पदका लागि आगामी मंसीर १६ गते उपनिर्वाचन हुँदै छ । निर्वाचन आयोगका अनुसार जिल्ला

दोषी ठहर भए रविलाई के-कति हुन्छ सजाय ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगीको आरोपमा तीन सातादेखि कास्कीमा प्रहरीको हिरासतमा

रास्वपामा बढ्यो गुटगत गतिविधि, अर्याल र वाग्लेको आ-आफ्नै दाउ

कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेसँगै उपसभापतिद्वय डिपी अर्याल र स्वर्णिम वाग्ले समूहबीच पार्टीमा को हाबी हुने भन्ने विवाद

पाँच केजी सुनसहित एयरपोर्टबाट तीनजना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो ७०० ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् । एयर अरेबियाको विमान चढेर

Techie IT