Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा

ओली सरकारको सय दिन: काम कम, विवाद ज्यादा


काठमाडौं । संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार गठन भएको एक सय दिन पूरा भएको छ । राजनीतिक स्थायित्व प्रदान गर्दै नागरिकको निराशा चिर्ने र संविधान संशोधन गर्ने लक्ष्यसहित गठन भएको सरकारले देखिनेगरी कुनै पनि काम गर्न नसकेको आरोप छ ।

गत असार १७ गते मध्यराति सात बुँदे सहमतिसहित गठन भएको सरकारले भने अर्थतन्त्रका सूचकहरुमा सुधार र सुशासनसँगै स्वास्थ्य एवम् शिक्षाका क्षेत्रमा सुधारका प्रयासहरु भइरहेको दाबी गरिरहेको छ । तर, गत असोज १२ गते लगातारको अविरलको वर्षापछिको डुबान, बाढी र पहिरोले निम्त्याएको विपद्मा सरकार असफल देखिएको टिप्पणी भइरहेको छ ।

विपद्पछिको उद्धार, उपचार र राहतमा सरकारको संयन्त्र असफल भएको आरोप छ । सरकारले काम गरेको देखाउन प्रधानमन्त्री ओलीले मन्त्रीहरुसँग र मन्त्रीहरुले सचिवहरुसँग कार्यसम्पादन सम्झौतानै गरेका थिए । तर परिणाम आएन ।

सरकारको एक सय दिन पुग्दै गर्दा विपक्षीले घेराबन्दी थालेका छन् । एमालेसँग संसद्को ठूलो दल कांग्रेस समेत सहकार्यमा रहेको हुँदा उसलाई पनि मनाएर लग्नुपर्ने बाध्यताका कारण धेरै परिणाममुखी काम गर्न नसकेको एमालेका नेताहरुले बताउँदै आएका छन् । यद्यपि, सरकार हनिमुन पिरियडमा समेत विवादरहित हुन सकेन ।

सरकारले ६ वटा उद्योगको विद्युत् लाइन जोड्नका लागि गरेको ताकेता, त्रिविको नीति तथा कार्यक्रम स्थगित, प्रहरी अधिकृतको सरूवा, राखेप सदस्यसचिव हटाउने चलखेल, राजदूत फिर्ता र नियुक्तिका विषयमा गरेका निर्णयहरु निकै विवादित भए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT