Techie IT
Wednesday, July 16, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमीनबहादुर र धनराजबीच रहस्यमयी लेनदेनको यस्तो कनेक्सन

मीनबहादुर र धनराजबीच रहस्यमयी लेनदेनको यस्तो कनेक्सन


काठमाडौं । नेकपा एमालेलाई पार्टी कार्यालय बनाउन एक अर्ब मूल्य बराबरको जग्गा दान गरेका विवादित व्यवसायी मीनबहादुर गुरुङ र ललितपुरस्थित मितेरी सहकारीको रकम हिनामिनामा मुछिएका कांग्रेस उपसभापति धनराज गुरुङबीच रहस्यमयी लेनदेन कनेक्सन रहेको खुलेको छ । उपसभापति धनराजले विवादास्पद व्यवसायी मीनबहादुरबाट झन्डै करोड रुपैयाँ रकम लिएको खुलेसा भएको हो । जुन रकम उनले सहकारीमा बुझाएका थिए ।

धनराजमाथि कानुनमन्त्री हुँदा न्यायाधीश नियुक्तिमा ‘आर्थिक चलखेल’ गरेको लागेको थियो, त्यसलगत्तै उनले सहकारीमा ९१ लाखभन्दा बढी रकम बुझाएका थिए । मीनबहादुरको नामबाट काटिएका ८२ लाखका चेक त उनले एकै दिन ‘डिपोजिट’ गरेका थिए । यसअघि धनराजले मितेरीबाट घर निर्माण गर्न ऋण लिएको र पछि उक्त ऋण सोही घर बेचेर तिरेको दाबी गर्दै आएका थिए । तर, उनले मीनबहादुरले काटेका चेक सहकारीमा डिपोजिट गरेको सार्वजनिक भएको छ ।

उनले १७ वैशाखमा र ६ जेठ ०८१ मा सातवटा चेकमार्फत ९१ लाख बुझाएका छन् । सहकारीको विवरणअनुसार १४–१४ लाखका पाँचवटा चेक १७ वैशाखमा डिपोजिट भएका छन् । त्यस्तै, १२ लाख २६ हजार ९१४ रुपैयाँको चेक पनि १७ वैशाखमै डिपोजिट भएको छ । आठ लाख ९८ हजार ७२० रुपैयाँको चेक भने ६ जेठ ०८१ मा डिपोजिट भएको छ । धनराजले मितेरीबाट ०७७ मा ऋण लिएका थिए । जसमा हकवाला भनी ज्योति गुरुङको नाम उल्लेख छ । जब कि धनराजले ज्योतिसँग २९ फागुन ०७६ मै कागजी रूपमा सम्बन्धविच्छेद गरेका थिए ।

ऋण प्रवाह गर्दा मितेरीमा प्रबन्धक ज्योति थिइन् । ३ फागुन २०७७ मा मितेरी सहकारीबाटै उनले थप १२ लाख ऋण लिएका थिए । त्यसमा पनि हकवाला ज्योति नै उल्लेख गरिएको थियो । मितेरीको १४ करोड ८१ लाख रुपैयाँ हिनामिना गरेपछि ज्योति अहिले फरार छिन् । धनराज र उनकी पत्नी ज्योतिसहित पाँचजनाले करिब १४ करोड ८१ लख हिनामिना गरेको भन्दै सहकारीले बागमती प्रदेश सहकारी रजिस्ट्रार र प्रहरीमा पनि उजुरी दिएको थियो ।

तर, राजनीतिक दबाबमा रजिस्ट्रार कार्यालयले धनराजको नाम काटेर प्रहरीमा सिफारिस गरेको सहकारीका अध्यक्ष कुम्भराज गुरुङको भनाइ छ । प्रहरीले अहिले सहकारीबारे अनुसन्धान गरिरहेको जनाएको छ । ललितपुरस्थित मितेरी सहकारीको झन्डै १५ करोड हिनामिनामा सत्तारूढ कांग्रेसका उपसभापति धनराज प्रत्यक्ष जोडिएका छन् । केन्द्रीय अनुसन्धान ब्युरो(सिआइबी)मा एक महिनाअघि नै जाहेरी परे पनि सहकारीका कोही पनि पक्राउ परेका छैनन् । धनराजसँग सोधपुछसमेत गरिएको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

मोबाइल इन्टरनेटबाट थ्रीजी सेवा हटाउँदै टेलिकम र एनसेल

काठमाडौं । अब नेपालमा मोबाइल इन्टरनेट प्रविधिबाट थ्रीजी सेवा हट्ने भएको छ । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले थ्रीजी

काठमाडौं उपत्यकासहित ३६ जिल्लामा भारी वर्षाको सम्भावना

काठमाडौं । काठमाडौं उपत्याकासहित देशका ३६ जिल्लामा भारी वर्षा हुने आकलन गरिएको छ । कोशीदेखि लुम्बिनी प्रदेशसम्मका जिल्लाहरुमा भारी वर्षाको

राजावादी आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने तयारी, नयाँ संयोजक खोज्दै…

काठमाडौं । राजसंस्था पुनस्र्थापनाका लागि गठित समितिले संयोजकको बहिर्गमनपछि आन्दोलनलाई नयाँ स्वरूप दिने घोषणा गरेको छ । समितिले आन्दोलनलाई साझा

एमालेमा फर्किएर राजनीति गर्न विद्या भण्डारीलाई चुनौती नै चुनौती

एमालेको राजनीतिमा पुनरागमन गर्न लागेकी पूर्वराष्ट्रपति विद्या भण्डारीमाथि चुनौतीको चाङ नै लागेको छ । अहिलेका पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी

सरकार एक वर्ष पुगेको उपलक्ष्यमा मन्त्रीहरु फेर्दै प्रधानमन्त्री 

सरकारको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा व्यापक हेरफेर गर्न लागेका छन् । सत्ता साझेदार कांग्रेस र

घुस प्रकरणमा मुछिएका सामान्य प्रशासनमन्त्री गुप्ताले दिए राजीनामा

काठमाडौं । घुस लिएको आरोप लागेका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले राजीनामा दिएका छन् । मन्त्री गुप्ताले आज

Techie IT