Techie IT
Monday, December 8, 2025 | सोमबार, मंसीर २२, २०८२
२०८२ मंसीर २२, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रचौतारा बजारमा बजार अनुगमन तीव्र

चौतारा बजारमा बजार अनुगमन तीव्र


काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा बिनाबिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिँडेको एक व्यवसायीलाई जरिवाना गरिएको छ।  सिन्धुपाल्चोक उद्योग वाणिज्य संघलाई स्थानीय व्यवसायीले गुनासो गरेपछि संघको सक्रियतामा व्यवसायीलाई कारबाही गरिएको हो।

व्यवसायीबाट १५ हजार रुपैयाँ जरिबाना असुल गरेको सिन्धुपाल्चोक उद्योग वाणिज्य संघले जनाएको छ। पटकपटक कानुनी प्रक्रिया पूरा गरेर मात्र सामान बेचबिखन गर्न आग्रह गर्दासमेत बजार अनुगमन समितिको अवज्ञा गर्दै आएकाले जरिवाना गरिएका जिल्ला बजार अनुगमन समितिले जनाएको छ । त्यस्तै, चौतारा नगरपालिकाले गरेको छड्के अनुगमनमा म्याद गुज्रिएको सामग्रीहरू फेला पारेका छन् ।

चौतारा बजारमा गरिएको अनुगमनको क्रममा म्याद गुज्रिएको चाउचाउ, चकलेट, पेयपदार्थ र सुर्तीजन्य पदार्थ जफत गरी नष्ट गरिएको छ। अनुगमन समितिले पसलमा देख्ने गरी मूल्यसूची राख्न, साइनबोर्ड राख्न, व्यवसायको दर्ता९नवीकरण गर्न, मदिरा व्यवसायीलाई इजाजत लिएर मात्र व्यवसाय गर्न र व्यवसाय क्षेत्र वरपर सरसफाइ गर्न निर्देशन दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

‘ओली कुटी’ प्रति महावीर पुनको व्यङ्ग्य ‘यो नक्सा डिजाइन गर्ने…

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले ‘ओली कुटी’ प्रति व्यङ्ग्य गर्दै नक्सा डिजाइन गर्ने इन्जिनियरलाई कारवाही गर्नुपर्ने बताएका छन् ।

पाईलटहरुलाई आराम गर्ने समय बढाउँदा इन्डिगोका सयभन्दा बढी उडान रद्द

काठमाडौं । भारतमा बुधबार इन्डिगो एयरलाइन्सका दर्जनौं उडानहरू रद्द भएका छन् । उडान रद्द र ढिलाइ हुँदा हजारौं यात्री विमानस्थलमा

अबदेखि रत्नपार्कमा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने

काठमाडौं । काठमाडौँको रत्नापार्कमा जाडो याममा घाम ताप्दै निःशुल्क इन्टरनेट चलाउन पाइने भएको छ । कुनैबेला अस्तव्यस्त फुटपाथ भएको क्षेत्रका

निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुग्यो

काठमाडौं । निर्वाचन आयोगमा दर्ता हुने दलको संख्या १४३ पुगेको छ । निर्वाचन आयोगले भर्खरै मात्रै सार्वजनिक गरेको अद्यावधिक दलको

शेरबहादुर तामाङ उपमहासचिवमा उठ्ने समर्थन भने ओलीलाई नै गर्ने

काठमडौं । नेकपा एमालेको ११औँ महाधिवेशनमा शेरबहादुर तामाङले उपमहासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । अध्यक्षमा केपी ओलीलाई समर्थन गर्दै

लामो दूरीका सबै गाडी बसपार्कबाट मात्रै छुट्नुपर्ने

काठमाडौं । काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सबै लामो दूरीका रात्रि तथा दिवा सेवाका सार्वजनिक सवारी साधन अनिवार्य रूपमा तोकिएको बसपार्कबाट

Techie IT