गृहपृष्ठ ∕ मुख्यपत्र ∕ कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती स्वर्णपत्र बिहीबार, २०८१ असोज १७ गते, १२:१७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा कर्मचारीमाथि अभद्र व्यवहार गरिएको घटनाको भर्त्सना गरेको छ। संघले एक विज्ञप्ति जारी गरी सरकारले तोकेको दरमै हवाई टिकट बिक्री गरिरहेको अवस्थामा पनि महँगो दरमा बेचिएको भन्दै हुलहुज्जत गरिएको भन्दै घटनामा संलग्नको पहिचान गरी कानुनी कारबाही गर्न समेत माग गरेको छ। संघले विज्ञप्तीमार्फत हवाई सेवा संवेदनशील भएकाले यस खालका गतिविधिले हवाई सुरक्षामा प्रतिकूल असर पार्ने हुँदा सम्बन्धित सबै निकाय चनाखो भई यस प्रकारका घटना निरूत्साहित गरिदिन माग गरेको छ । विगत केही दिनदेखिको अविरल वर्षाका कारण देशभरि बाढीपहिरो जानुका साथै सडक तथा सञ्चार सञ्जाल पूर्णविच्छेद भएका बेला यात्रु सेवामा अहोरात्र खटिइरहेको वायुसेवा कम्पनीका कर्मचारीमाथि यस्ता घटना हुनु निन्दनीय रहेको संघको विज्ञप्तिमा उल्लेख छ। #त्रिभुवन विमानस्थल #वायुसेवा सञ्चालक संघ तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार ईभी गाडीले भरियो सुक्खा बन्दरगाह, भन्सार दर बढ्ने सम्भावना कति… काठमाडौं । काठमाडौंको चोभारस्थित सुक्खा बन्दरगाहमा भन्सार जाँचपासका लागि सयौँ विद्युतीय गाडीको लाइन लागेको छ । बजेटको पूर्वसन्ध्यामा व्यवसायीहरूले अन्तःशुल्क मोहन बस्नेतसामू निरीह बन्यो सिन्धुपाल्चोकको एमाले-माओवादी काठमाडाैं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता, निलम्बित सांसद एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतको ‘काजी शैली’सामू सिन्धुपाल्चोकको नेकपा एमाले र माओवादी केन्द्र शिक्षा विधेयकका प्रस्तावित प्रावधानप्रति शिक्षकको चर्को असन्तुष्टि काठमाडौं । संसदीय उपसिमितिले सहमति जुटाएको विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूले फेरि असन्तुष्टि जनाएका छन् । नेपाल शिक्षक महासंघले उपसमितिले तयार मोहन बस्नेतसँग डरायो सिन्धुपाल्चोकको माओवादी काठमाडौं । भ्रष्टाचार अभियुक्त कांग्रेस नेता मोहनबहादुर बस्नेतले सोमबार सिन्धुपाल्चोकको लिसङ्खु पाखरमा एउटा खानेपानी आयोजना उद्घाटन गरेका छन् । माओवादीबाट न्यायाधीश र अधिवक्ता नातेदार परेको भन्दै रवि लामिछानेको मुद्दा आज… काठमाडौं । राष्ट्रिय स्वातन्त्र पार्टीका सभापति रवि लामिछाने र छविको बन्दी प्रत्यक्षीकरण रिटमा आज पनि सुनवाइ स्थगित भएको छ । बालेनलाई किन टेर्दैनन् कांग्रेस-एमालेका वडाध्यक्ष ? काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई वडा अध्यक्षहरुले टेर्न छाडेका छन् । मेयर शाहले मनलाग्दी गरेको भन्दै एमाले र लोकप्रिय १ सरकारलाई सर्वोच्चले सोध्यो रवीन्द्र मिश्र पक्राउ गर्नुको कारण २ साँच्चै पूर्वराजा शाहलाई नजरबन्दमा राखिएको हो ? ३ सुनितालाई कार्यबाहक दिनुपर्ने भएपछि बालेनले रद्द गरे जापानको भ्रमण ४ भ्रष्टाचार मुद्दा दर्ता भएपछि कांग्रेस सांसद मोहन बस्नेत निलम्बित ५ रवि लामिछानेविरुद्ध परेको अर्को उजुरी पनि फेक, उजुरीकर्ता भनिएको व्यक्ति नै रविकाे पक्षमा ६ भट्टको राजीनामा स्वीकृत नभए कांग्रेसले गभर्नरमा विश्व पौडेलको नाम प्रस्ताव गर्ने ७ नारायणकाजी श्रेष्ठको प्रस्ताव- सांसदको संख्या घटाऔँ, संसद बाहिरबाट मन्त्री बनाऔँ ८ प्रचण्डलाई नपचेको जनवादी विहे कि टेरेस रिसोर्टको मदिरा ?