गृहपृष्ठ ∕ मुख्यपत्र ∕ गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत स्वर्णपत्र सोमबार, २०८१ जेठ २८ गते, १७:०८ मा प्रकाशित मुख्यपत्र काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाएका छन् । नेकपा माओवादी केन्द्रको चिह्नबाट चुनाव जितेका नेसपा सांसद फणिन्द्र देवकोटाले फ्लोरक्रस गरेर मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिएका थिए । सोमबारको प्रदेश सभा बैठकमा देवकोटाले फ्लोरक्रस गरेपछि पाण्डेलाई विश्वासको मत प्राप्त भएको हो । प्रदेश सभामा मुख्यमन्त्री पाण्डेले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा ३१ सांसदले पक्षमा मतदान गरे । पक्षमा नेपाली कांग्रेसका २७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) २, राजीव गुरुङ (दीपक मनाङे) र माओवादीको चुनाव चिह्न लिएर चुनाव जितेको नेपाल समाजवादी पार्टी (नेसपा) का सांसद फणीन्द्र देवकोटाले मतदान गरे । प्रस्तावको विपक्षीमा नेकपा एमाले २२ र माओवादीका ६ सांसदले हस्ताक्षर गरेका हुन् । नेपाली काँग्रेस गण्डकीका संसदीय दलका नेता पाण्डे संविधानको धारा १६८ को उपधारा ३ अनुसार जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए । #मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ पोखराबाट दुर्गा प्रसाईं पक्राउ २ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ३ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ६ स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान ७ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ८ जनताको जीवनभन्दा जमिन ठूलो हो ?