गृहपृष्ठ ∕ मुख्यपत्र ∕ सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत स्वर्णपत्र मंगलबार, २०८१ असोज १५ गते, १३:५३ मा प्रकाशित मुख्यपत्र काठमाडौं । सडक सञ्चालनमा नआएसम्म सरकारले तोकेको अधिकतम हवाई भाडा नलिन वायुसेवा कम्पनीहरु सहमत भएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेमन्त्रीको निर्देशन अनुसार वायुसेवा सञ्चालक समितिले असोज १३ गते जारी गरिएको प्रेस विज्ञप्तिलाई कडाइका साथ कार्यान्वयन गर्ने र सडक सञ्जाल सञ्चालनमा नआएसम्म महँगो भाडादरमा टिकट बिक्री नगर्ने भएका हुन् । यस अघि तीन दिनका लागि मात्र कम भाडादरमा टिकट बिक्री गर्न सहमत भएका हवाई कम्पनीहरुले अहिले सडक यातायात पूर्णरुपमा सञ्चालन नभएसम्म कम भाडादरमै टिकट बिक्री गर्ने भएका हुन् । वायुसेवा सञ्चालक समितिले प्रेस विज्ञप्ति जारी गर्दै बाढी पहिरोपश्चात् सडक सञ्जाल सञ्चालनमा नआउँदासम्म सरकारले तोके बमोजिम लिँदै आएको उच्चतम भाडादरमा हवाई टिकट नबेच्न निर्देशन दिइएको हो । यस अघि गत असोज १३ गते मन्त्री पाण्डेको निर्देशनमा वायुसेवा कम्पनीहरु हवाई भाडा घटाउन सहमत भएका थिए । अविरल वर्षासँगै बाढी पहिरोका कारण देशभरका अधिकांश सडक सञ्जाल र राजमार्गहरु अवरोध भएका छन् । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अमेरिकामा हेलेन आँधीका कारण २०० जनाको मृत्यु,सयौं बेपत्ता काठमाडौं । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको हेलेन नामक आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ । बीबीसीका चौतारा बजारमा बजार अनुगमन तीव्र काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा बिनाबिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिँडेको एक व्यवसायीलाई जरिवाना गरिएको छ। प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। तुइन र फड्केले जोडियो नाका तातोपानी काठमाडौं । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । अविरल वर्षासँगैको बाढीले बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुग्यो,१९ अझै बेपत्ता काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ४ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ५ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ६ असाेज ११ र १२ काे माैसम कस्ताे ? ७ साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै