Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रबुधबारदेखि पुनः पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई

बुधबारदेखि पुनः पानी पर्ने सम्भावना रहेको मौसमविद्को भनाई


काठमाडौं । सोमबार र मंगलबार नेपालको मौसम खुला रहेपनि र बुधबारबाट पुनः वर्षा हुने सम्भावना रहेको छ। सोमबार अपराह्नपछि पहाडी भेगमा बादल लाग्ने सम्भावना रहेको त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञानका उपप्रपाध्यापक विनोद पोखरेलले बताए। पोखरेलका अनुसार मंगलबार पूर्वी नेपालमा कोशी प्रदेशमा अपराह्नपख हल्का वर्षाको सम्भावना रहेको छ त्यस्तै बागमती र गण्डकीमा पनि बादल लाग्ने तर वर्षाको सम्भावना छ ।

बुधबारदेखि यो हप्ताभरि गण्डकीदेखि कोशीसम्मै अपराह्नपख वर्षाको सम्भावना रहेको छ भने पश्चिम नेपालमा भने वर्षाको सम्भावना छैन । बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली नेपालतिर सर्दा बिहीबारदेखि शनिबार साँझसम्म लुम्बिनी प्रदेशसम्म भारी वर्षा भएको थियो ।

मौसमविद्हरूले मनसुनी वायु, बंगालको खाडीमा विकास भएको न्यूनचापीय प्रणाली र अरब सागरसमेतबाट आएको उच्च जलवाष्ययुक्त हावा मिसिँदा नेपालमा घनघोर वर्षा भएको बताएका थिए । काठमाडौं उपत्यकाका ११ स्थानसहित देशभर २५ ठाउँमा वर्षाले यसअघिका रेकर्ड ब्रेक गरेको थियो । यस वर्ष मनसुन लम्बिने देखिएको छ।

नेपालबाट असोज १६ पछि मनसुन बाहिरिनुपर्नेमा केही दिन लम्बिने संकेत देखिएको छ भने मनसुन लम्बिने संकेत देखिएकाले दसैंमा पनि पानी पर्ने सम्भावना रहेको मौष्मविदहरुको भनाई छ । । यस वर्षको मनसुनयाममा औसतभन्दा बढी वर्षा भइसकेको छ






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT