Techie IT
२०८१ असोज १८, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रजुगल पहिरो अपडेटः बेपत्ता भनिएका ७ जना सम्पर्कमा आए

जुगल पहिरो अपडेटः बेपत्ता भनिएका ७ जना सम्पर्कमा आए


काठमाडौं । सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ स्थित तेगागाउँमा पहिरोले घर बगाउँदा बेपत्ता भएका भनिएका सातै सम्पर्कमा आएका छन् । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले सोमबार बिहानै तेगामा पुगेर उद्धार गरिएको बताए ।

माथिल्लो तेगाको भूभाग भास्सिएर आएको पहिरोले तेतागाउँको नौ घरमध्ये तीन घरमा पुर्ण रुपमा क्षति पुगेको छ । पहिरोमा स्थानीय लाक्पा शेर्पा, मिङ्मार रिन्जेन शेर्पार पेम्बा शेर्पाको घर पूर्ण रूमा क्षति भएको छ ।

हाल गाँउका स्थानीयको उद्धार गरेर सुरक्षित स्थानमा लैजाने काम भइरहेको छ । केही समयअघि यहाँ निर्माणाधीन जलविद्युत् आयोजनाद्वारा तेम्बाथानसम्म सडक छिचोलिए पनि ठाँउपिच्छै पहिरो र खोलाले अवरुद्ध बनाएकाले बर्खायता सडक ठप्प छ ।

जुगल गाउँपालिका अध्यक्ष रेशम स्याङ्म्बोका अनुसार शनिबार खबर पाएलगत्तै उद्धारका लागि सुरक्षाकर्मी दुई दिन पैदल हिँडेर सोमबार पुगेका हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अमेरिकामा हेलेन आँधीका कारण २०० जनाको मृत्यु,सयौं बेपत्ता

काठमाडौं । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको हेलेन नामक आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको छ । बीबीसीका

चौतारा बजारमा बजार अनुगमन तीव्र

काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा बिनाबिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिँडेको एक व्यवसायीलाई जरिवाना गरिएको छ। 

प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ

काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया

नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक

काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ।

तुइन र फड्केले जोडियो  नाका तातोपानी

काठमाडौं । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । अविरल वर्षासँगैको बाढीले

बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुग्यो,१९ अझै बेपत्ता

काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ ।

Techie IT