Techie IT
२०८१ असोज १७, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमध्य भोटेकोसीको ५ करोड कित्ता सेयरको ‘लकइन पिरियड’ शनिबारदेखि सकिँदै

मध्य भोटेकोसीको ५ करोड कित्ता सेयरको ‘लकइन पिरियड’ शनिबारदेखि सकिँदै


काठमाडौं । मध्य भोटेकोसी जलविद्युत् कम्पनीको ५ करोड कित्ता भन्दा धेरै सेयरको लकइन पिरियड शनिबारदेखि सकिने भएको छ । सेयर जारी भएको तीन वर्षमा यस्तो अवधि सकिने व्यवस्था अनुसार शनिबारदेखि सो बराबरको सेयर दोस्रो बजारमा कारोबार गर्न योग्य हुन लागेको हो ।

यसरी लकइन पिरियड सकिन लागेको सेयरमध्ये संस्थापक सेयरधनीको ३ करोड ६ लाख कित्ता, कर्मचारी सञ्चय कोषका सञ्चयकर्ताहरूको १ करोड १७ लाख कित्ता, संस्थापक सेयरधनी संस्थाका कर्मचारीहरूको २१ लाख कित्ता, ऋणदाता संस्थाका कर्मचारीहरूको ६ लाख कित्ता, आयोजना प्रभावित स्थानीयवासीको ६० लाख कित्ता तथा कम्पनीका कर्मचारीहरूको ३ लाख ६० हजार कित्ता सेयर रहेको छ ।

बजारमा उक्त कम्पनीको सेयरको अन्तिम कारोबार प्रतिकित्ता ३३३ रुपैयाँको दरले भएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो

काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको

झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

काठमाडौं । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट

हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या

काठमाडौं ।  एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।  प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५

बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना…

काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ ।

कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती

काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा

बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल बढ्यो

काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्क,कोटेश्वर,कलंकी लगायत स्थानमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न

Techie IT