Techie IT
Friday, April 18, 2025 | शुक्रबार, वैशाख ६, २०८२
२०८२ वैशाख ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रराजमार्गका होटलमा अनुगमन तीव्र

राजमार्गका होटलमा अनुगमन तीव्र


काठमाडौं । चाडपर्व नजिकिएसँगै संघीय राजधानीबाट अनुमानित २० लाख नागरिक गृह जिल्ला फर्किन्छन्। विगतलाई हेर्न हो भने धेरैजसो यात्रु नागढुंगा नाका र त्यसमा पनि पृथ्वी राजमार्ग हुँदै बाहिरिन्छन् ।

हजारौं यात्रुहरू बाहिरिने क्रममा राजमार्ग क्षेत्रका होटल तथा खाजा घरहरूमा केही न केही खाना खाने गर्छन् । यसरी यात्रा गर्दा खाने खाना खाजामा धेरै यात्रुहरु ठगिने गरेको गुनासो आउने गर्छ । यसैलाई मध्यनजर गर्दै यात्रुहरू नठगियून् र उनीहरूले खाने खाना स्वस्थ होस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धादिङले चाडपर्व लक्षित अनुगमन थालेको छ।

पृथ्वी राजमार्ग क्षेत्र वरपरका होटल, खाजाघर तथा पसलहरूमा अनुगमन तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा यात्रुहरूबाट धेरै गुनासो आउने होटललाई केन्द्रित गरी अनुगमन गरिएको छ भने केहीलाई जरिबाना तिराइएको छ। विशेषगरी होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूलाई ध्यान दिँदै अनुगमन सुरु गरेको सरोकारवाला निकायको भनाइ छ।

कार्यालयले होटलमा सरसफाइ नगर्ने, एमआरपीभन्दा बढी मूल्य लिने, अखाद्य बस्तु बेच्ने गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT