Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रराजमार्गका होटलमा अनुगमन तीव्र

राजमार्गका होटलमा अनुगमन तीव्र


काठमाडौं । चाडपर्व नजिकिएसँगै संघीय राजधानीबाट अनुमानित २० लाख नागरिक गृह जिल्ला फर्किन्छन्। विगतलाई हेर्न हो भने धेरैजसो यात्रु नागढुंगा नाका र त्यसमा पनि पृथ्वी राजमार्ग हुँदै बाहिरिन्छन् ।

हजारौं यात्रुहरू बाहिरिने क्रममा राजमार्ग क्षेत्रका होटल तथा खाजा घरहरूमा केही न केही खाना खाने गर्छन् । यसरी यात्रा गर्दा खाने खाना खाजामा धेरै यात्रुहरु ठगिने गरेको गुनासो आउने गर्छ । यसैलाई मध्यनजर गर्दै यात्रुहरू नठगियून् र उनीहरूले खाने खाना स्वस्थ होस् भन्ने उद्देश्यले जिल्ला प्रशासन कार्यालय धादिङले चाडपर्व लक्षित अनुगमन थालेको छ।

पृथ्वी राजमार्ग क्षेत्र वरपरका होटल, खाजाघर तथा पसलहरूमा अनुगमन तीव्र पारिएको छ। जिल्ला प्रशासन कार्यालय धादिङको नेतृत्वमा यात्रुहरूबाट धेरै गुनासो आउने होटललाई केन्द्रित गरी अनुगमन गरिएको छ भने केहीलाई जरिबाना तिराइएको छ। विशेषगरी होटल, रेस्टुरेन्ट तथा खाजाघरहरूलाई ध्यान दिँदै अनुगमन सुरु गरेको सरोकारवाला निकायको भनाइ छ।

कार्यालयले होटलमा सरसफाइ नगर्ने, एमआरपीभन्दा बढी मूल्य लिने, अखाद्य बस्तु बेच्ने गरेको पाइएमा कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT