Techie IT
२०८१ माघ ६, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रधोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न मन्त्री यादवको निर्देशन

धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको काम समयमै सम्पन्न गर्न मन्त्री यादवको निर्देशन


काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले ललितपुरको धोबीघाटस्थित फोहोर पानी प्रशोधन केन्द्र निर्माण स्थलको प्रगतिमा सन्तोष व्यक्त गर्दै परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउन निर्देशन दिएका छन् ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडको आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गत निर्माणाधीन ललितपुरको धोबीघाट फोहोर पानी प्रशोधन केन्द्रको स्थलगत निरीक्षण गर्दै मन्त्री यादवले परियोजना समयमै सम्पन्न गरी सञ्चालनमा ल्याउनुपर्ने बताए। काठमाडौं उपत्यकामा सहरीकरणसँगै बढ्दै गएकाले फोहोर पानीको व्यवस्थापनका लागि अत्यन्त महत्वपूर्ण परियोजना भएको उनको भनाइ छ।

सरकारले वातावरणीय संरक्षण र जनस्वास्थ्यको सुधारका लागि यस्ता फोहोर पानी प्रशोधन केन्द्रहरूको निर्माणलाई निरन्तर प्राथमिकतामा राखेको मन्त्री यादवको भनाइ छ। उनले निर्माण कम्पनीहरूलाई जिम्मेवारी निष्ठापूर्वक पालना गर्दै तोकिएको समय सीमाभित्र काम सम्पन्न गर्न समेत निर्देशन दिए।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

के साँच्चै सन्दिपले क्रिकेटबाट सन्यास लिन लागेका हुन् ?

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान तथा लेगस्पीनर सन्दीप लामिछानेको एउटा पोस्टले अहिले माहोल तातेको छ । उनले सामाजिक

रास्वपाका नेता कार्यकर्तालाई मुकुलको सुझाव- रवि दाइ आफैँ लड्न सक्षम…

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निष्कसित भएका महामन्त्री मुकुल ढकालले पार्टी सहस्यहरुलाई जनताको काममा लाग्न सुझाव दिएका छन्। आइतबार सामाजिक

सरकार ढाल्ने चर्को खेलमा लागे प्रचण्ड, पुर्याए आफ्नो पक्षमा ८०…

काठमाडौं । ६ महिनादेखि प्रतिपक्षमा खुम्चनु परेपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अहिलेको सरकार जसरी पनि ढाल्ने खेलमा लागेका छन्

तत्कालका लागि गठबन्धनको गडबड टर्याे

काठमाडाैं । नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र मन्त्रीहरूको संयुक्त बैठकमा  पार्टी सभापति शेरबहादुर देउवाले मन्त्रीहरूसँग कामको ब्रिफिङ मागेका छन्

अध्यादेश जारी हुनासाथ संसद् बैठक बोलाउने तयारीमा सरकार

काठमाडौं । सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले होल्ड गरेको अध्यादेश जारी हुनासाथ संसद्को बैठक बोलाउने तयारी गरेको छ । सरकारले पठाएका

आफ्ना मन्त्रीहरुसँग कांग्रेस सभापति देउवा पनि असन्तुष्ट

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि संघीय सरकारमा सहभागी १२ जना आफ्ना मन्त्रीहरूसँग सन्तुष्ट हुन नसकेको बुझिएको छ

Techie IT