गृहपृष्ठ ∕ मुख्यपत्र ∕ हिरो-हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउन पनि सहकारीको रकम दुरुपयोग हिरो-हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउन पनि सहकारीको रकम दुरुपयोग स्वर्णपत्र आईतबार, २०८१ असोज ६ गते, ११:५४ मा प्रकाशित मुख्यपत्र काठमाडौं । हिरो, हिरोइनका छोराछोरीलाई म्युजिक भिडिओ खेलाउनका लागि पनि सहकारीको रकम दुरुपयोग भएको पाइएको छ । सहकारी छानबिन समितिको प्रतिवेदनअनुसार नायक शिव श्रेष्ठका छोरा तथा नायिका करिश्मा मानन्धरको छोरीलाई म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने नाममा सहकारीको ठूलो रकम अपचलन भएको पाइएको हो । उनीहरुले काठमाडौंको कीर्तिपुरस्थित दर्शन बचत तथा ऋण सहकारीको रहम दुरुपयोग गरेको पाइएको हो । त्यसैगरी नेपाल प्रहरीका पूर्वएआइजी छविराज जोशीका छोरा रोचकलाई समेत म्युजिक भिडियो र सिनेमामा डेब्यु गराउने भनेर सहकारीबाट लगानी गरेको ठूलो रकम फसेको सहकारीसम्बन्धी संसदीय विशेष समितिले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । २०६७ साउन ७ गते डिभिजन सहकारी कार्यालय काठमाडौंमा दर्ता भएको सहकारी संस्थापक अध्यक्ष दिनेश दर्शनधारी हुन् । अहिले पनि सहकारीका अध्यक्षमा दर्शनधारी नै छन् । २०६७ मा स्थापना भएको सहकारीमा अन्य पाँचवटा सहकारी संस्था पनि मर्ज भएका थिए । दर्शन बचत तथा ऋण सहकारीमा जम्मा कर्जा १ अर्ब ४५ करोड १३ लाख ४५ हजार २१३ रुपैयाँ छ । जसमा प्रावधान बमोजिम जम्मा ६ करोड २५ लाख ६७ हजार २६० रुपैयाँ कर्जा लगानी गरिएको छ । #दर्शन बचत तथा ऋण सहकारी तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन्… चितवनमा सुरु भएको रास्वपाको विस्तारित बैठकमा केन्द्रीय नेताहरुले नै लेबी बुझाउन आनाकानी गरेपछि तनाव भएको छ । विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि… काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले… काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने लोकप्रिय १ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन २ अष्ट्रेलियाका पत्रकार विकास पौडेल ‘उदास’बाट मञ्जुश्री असहाय संरक्षण केन्द्रलाई सहयोग ३ थापाथलीमा चल्यो बालेनको डोजर, राम मन्दिर परिसर मिचेर बनाइएका घरटहरा भत्काइए ४ रास्वपामा बाबुरामको दाउ: सके आफैं पार्टी सभापति, नसके छोरीलाई सांसद बनाउने ५ रास्वपासँग कुरा नमिलेपछि नयाँ दल दर्ता गर्दै कुलमान, बालेनले पनि समर्थन गर्ने ६ संसद पुनःस्थापनाको पक्षमा मोडियो राजनीतिक माहोल ७ तीन महिनामा सशस्त्र र नेपाल प्रहरीका एक हजारले दिए राजीनामा, धेरैले देखाए घरायसी कारण ८ सामाजिक सञ्जालमा सोविता गौतमसँग तुलना हुनथाल्यो ज्योति मगरको, गौतमको भन्दा मगरको पक्षमा बढी देखियो जनमत