Techie IT
२०८१ असोज २२, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसहकारीको रकम पचाउन नक्कली सम्बन्धविच्छेद, बेलायत जान फेरि विवाहको नाटक

सहकारीको रकम पचाउन नक्कली सम्बन्धविच्छेद, बेलायत जान फेरि विवाहको नाटक


काठमाडौं । एक जोडीले सहकारीको रकम पचाउन नक्कली डिभोर्स गरेको र विदेश जानका लागि फेरि विवाहको नाटक गरेको खुलेको छ ।

ललितपुरको पुल्चोकस्थित सुमेरु बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक भरत महर्जन र राजमाया महर्जन दम्पतीले ठगी रकम अपचलन गर्नका लागि सम्बन्धविच्छेद गरेको पाइएको हो ।

सम्बन्धविच्छेद गरिसकेपछि उनीहरुले बेलायत पलायन हुन पुनः विवाह समेत गरेको खुलेको छ । सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले महर्जन जोडीको यो रहस्य सार्वजनिक गरेको हो ।

२०५६ साउन ४ गते सुमेरु बचत तथा ऋण सहकारी संस्था ललितपुरमा दर्ता भएर सञ्चालनमा आएको थियो । उक्त सहकारी स्थापनादेखि नै भरत महर्जनको नेतृत्वमा सञ्चालनमा थियो । अहिले महर्जनको सपरिवार बेलायत बस्छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल

काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् ।  दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु

काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

Techie IT