गृहपृष्ठ ∕ मुख्यपत्र ∕ प्राधिकरणले महसुल नतिर्ने सर्वसाधारणको लाइन काट्यो प्राधिकरणले महसुल नतिर्ने सर्वसाधारणको लाइन काट्यो स्वर्णपत्र शुक्रबार, २०८१ असोज ४ गते, १५:०० मा प्रकाशित मुख्यपत्र काठमाडौं । पैसा नतिरेपछि लाइन काटिएका उद्यागमा बिजुली जोड्ने कि नजोड्ने भन्ने विषयमा सरकार र नेपाल विद्युत प्राधिकरणबीच ठूलै रस्साकस्सी भयो । अन्नतः सरकारी निर्देशनमा प्राधिकरणले उद्योगमा लाइन पनि जोडिदियो । र अहिले विद्युत् प्राधिकरणले २० दिनमा मात्रै महसुल नतिर्ने २१ हजार सर्वसाधारणको घरमा बिजुलीको काटेको छ । जसमा न्यूनतम मासिक शुल्क ३० रुपैयाँ तिर्न नसक्ने ग्राहक पनि छन् । तथ्यांकअनुसार चरम लोडसेडिङका वेला डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत २४सै घण्टा विद्युत् प्रयोग गरेका ५६ उद्योगले पटक–पटक ताकेता गर्दा पनि आठ अर्ब २५ करोड ७५ लाख बक्यौता तिर्न अझै अटेर गरिरहे । र, विद्युत् प्राधिकरणले लाइन काट्दा सरकारसमेत उनीहरूको पक्षमा उभिएको थियो । यो विषय संसद्को लेखा समितिमा विचाराधीन छ । ३० रुपैयाँ तिर्न नसक्ने सर्वसाधारणको घरमा पनि नियमअनुसार लाइन काटेको प्राधिकरणले अब अर्बौँ बक्यौता नबुझाउने उद्योगमा चाहिँ लाइन काट्ने कि नकाट्ने भन्दै विद्युत् नियमन आयोगलाई पत्रसमेत लेखेको छ । गत शुक्रबार आयोगमा दर्ता भएको पत्रको जवाफ भने आएको छैन । गत साउनमा ६ उद्योगमा लाइन काटेको प्राधिकरण नियमन आयोगकै लिखित निर्देशनमा बक्यौता नअसुली लाइन जोडिदिन बाध्य भएको थियो । #नेपाल विद्युत प्राधिकरण तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रामेछापबाट काठमाडौं आउने वैकल्पिक मार्ग खुल्यो काठमाडौं । मन्थलीबाट दोलखाको किर्नेटार–चरिकोट हुँदै काठमाडौँसम्मको आवागमन बुधबार साँझदेखि खुलेको छ। गत बिहीबारदेखि शनिबारसम्म परेको अविरल वर्षाका कारण गएको झापामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु काठमाडौं । झापामा हात्तीको आक्रमणबाट दक्षिण झापाको हल्दिबारी गाउँपालिका–३ का वाङ्दी गुरुङको मृत्यु भएको छ । स्थानीय रणकाली सामुदायिक वनबाट हनि ट्रयापमा पारी अपहरण, अपहरणपछि हत्या काठमाडौं । एक व्यापारीलाई हनिटेयापमा पारि हत्या गर्नेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । प्रहरीले काठमाडौंको किर्तीपुर नगरपालिका ५ बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु, ६ जना… काठमाडौं । ११ र १२ गतेको वर्षाका कारण आएको बाढी र पहिरोमा परेर काभ्रेमा ७० जनाको मृत्यु भएको छ । कर्मचारीमाथि अभद्र व्यवहार गरिएकोप्रति वायुसेवा सञ्चालक संघको आपत्ती काठमाडौं । वायुसेवा सञ्चालक संघले महँगो दरमा टिकट बेचिएको भन्दै त्रिभुवन विमानस्थलको काउन्टर तथा कार्यालयमा गई अनर्गल प्रचार प्रसार तथा बडादसैँको आगमनसँगै घर फर्किनेहरुको चहलपहल बढ्यो काठमाडौं । नेपालीहरूको महान् चाड बडादसैँको आगमनसँगै बालाजु नयाँ बसपार्क,कोटेश्वर,कलंकी लगायत स्थानमा राजधानी सहर छाड्नेको चहलपहल बढेको छ । विभिन्न लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ४ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ५ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ६ समीक्षा अधिकारी र ईश्वर पोखरेलको आवाजमा ‘खोकी लाग्दा हर्रो’ सार्वजनिक (भिडिओसहित) ७ काठमाडौं फोटोग्राफर संघको १६ औं साधारणसभा सम्पन्न