गृहपृष्ठ ∕ मुख्यपत्र ∕ मापासे गरेर रात्रीबसमा चढेका डिआईजी चन्दलाई प्रहरीले गर्यो उद्धार मापासे गरेर रात्रीबसमा चढेका डिआईजी चन्दलाई प्रहरीले गर्यो उद्धार स्वर्णपत्र शुक्रबार, २०८१ असोज ४ गते, १४:४७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । मापसे गरेर सार्वजनिक बसमार्फत काठमाडौं हिँडेका कर्णालीका डिआईजी अर्जुन चन्दलाई प्रहरीले बीच बाटोबाटै फर्काइदिएको खुलेको छ । डिआइजी चन्द मंगलबार साँझ सार्वजनिक बस चढेर काठमाडौं जाँदै थिए । उनलाई प्रहरीले सुब्बाकुनाबाट उद्धार गरेको हो । डिआइजी चन्दले मंगलबार बिहानैदेखि मादक पदार्थ सेवन गरेको बुझिएको छ । बेलुका गार्डलाई पनि थाहा नदिई उनी रात्रिबस चढेका थिए । डिआइजी सम्पर्कविहीन भएपछि प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी गणबाट खोजीका लागि प्रहरी टोली परिचालन गरिएको थियो । खोज्दै जाँदा उनी देउती नागरिक यातायातको रात्रिबसमा चढेर सुब्बाकुना पुगेपछि फेला परेका थिए । यसअघि पनि मादक पदार्थ सेवन गरेको बेला उनी आफ्ना सामान झोलामा हालेर सुर्खेतबाट हिँडेका थिए । #कर्णाली #डिआईजी अर्जुन चन्द तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कथा: स्वर्ग-नर्क माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् । नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि… नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा लोकप्रिय १ सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो २ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ३ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ४ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ५ प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता ६ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने ७ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म