गृहपृष्ठ ∕ मुख्यपत्र ∕ नौ वर्षपछि खुल्यो धरहरा, निःशुल्क चढ्न पाइने नौ वर्षपछि खुल्यो धरहरा, निःशुल्क चढ्न पाइने स्वर्णपत्र बिहीबार, २०८१ असोज ३ गते, १३:३७ मा प्रकाशित मुख्यपत्र काठमाडौं । नौ वर्षअघि भूकम्पका कारण भत्किएको धरहरा पुनर्निर्माणपछि बिहीबारदेखि सर्वसाधारणका लागि खुलेको छ । संविधान दिवसको अवसर पारेर आजदेखि सर्वसाधारणका लागि पनि धरहरा खुलाइएको हो । सर्वसाधारणले नवनिर्मित धरहरा निःशुल्क रूपमा चढ्न पाउनेछन् । प्रत्येक घण्टा एक सयजनाले धरहरा चढ्न टिकट पाउनेछन् । केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाध अधिकारीका अनुसार बिहीबारदेखि प्रत्येक दिन ६ सय जनाले निःशुल्क धरहरा चढ्न पाउनेछन् । ६ सयमा एक सय कोटा अपांगता भएका तथा वृद्धृवृद्धाका लागि छुट्याइएको छ । धरहरा चढ्नका लागि बुकिङ गर्न केन्द्रीय आयोजना कार्यान्वयन एकाइले धरहरा डट कम डट जिओबी डट एनपी नामक वेबसाइट खोलेको छ । वेबसाइटमार्फत बुकिङ गर्न सकिनेछ । प्राविविधक समस्याका कारण वेबसाइट नखुलेमा जसले पहिले टिकट लिन्छ, उसलाई प्राथमिकता दिएर धरहरा चढ्न दिइने अधिकारीले बताए । तत्कालीन प्रधानमन्त्री केपी ओलीले तीन वर्षअघि २०७८ वैशाखमा धरहराको उद्घाटन गर्दै सर्वसाधारणका लागि खुला गरेको घोषणा गरेका थिए । #धरहरा तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार कथा: स्वर्ग-नर्क माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् । नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि… नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ? काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ। पौष १२ गते राष्ट्रिय नाचघर जमलमा बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा लोकप्रिय १ सिनामंगलको होटलमा मृत भेटिए दम्पती, दुवैजना शनिबार क्यानडाबाट फर्किएको खुल्यो २ बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित) ३ घुमाउरो भाषामा रविले स्वीकारे गल्ती, डिफेन्स गर्न कार्यकर्तालाई कठिन ४ यसकारण तुहियो रास्वपाको आन्दोलन, अब के होला ? ५ प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता ६ नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि सुरुङ खन्नेसम्म ७ बलियो बन्दै शेखर समूह, मोहन बस्नेतले समेत देउवाको क्याम्प छाड्ने