Techie IT
Thursday, June 11, 2026 | बिहीबार, जेठ २८, २०८३
२०८३ जेठ २८, बिहीबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारी मिलेमतोमै जिबीलाई मलेसिया भगाएको खुलासा

सरकारी मिलेमतोमै जिबीलाई मलेसिया भगाएको खुलासा


काठमाडौं । सरकारी निकायको मिलेमतोमा नै सहकारी ठगीका आरोपित जिबि राईलाई मसिसेया भनाइएको खुलासा भएको छ । किनकि, रोक्का गरेको एक सातामै उनको पासपोर्ट फुकुवा भएको तथ्य फेला परेको छ ।

सरकारी निकायले नचाहने हो भने रोक्का भएको पासपोर्ट एक सातामै फुकुवा हुन सम्भवै छैन । राईको राहदानी गत वर्ष असार २० मा रोक्का गरिएको थियो । उक्त राहदानी फेरि असार २८ मा फुकुवा गरिएको भेटिएको छ । राईको राहदानी फुकुवा हुँदा गृहमन्त्री थिए, माओवादीका नारायणकाजी श्रेष्ठ । तर श्रेष्ठले यसबारे आफूलाई केही पनि थाहा नभएको बताएका छन् ।

त्यस्तै, राहदानी रोक्का र फुकुवाको पत्र लेख्दा सहकारी विभागको रजिस्ट्रारमा नमराज घिमिरे र अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारी थिए । राहदानी फुकुवा भएपछि राई २०८० साउन ११ मा साँझ मलेसिया गएका थिए ।

त्यसको एक महिनापछि अर्थात् २०८० भदौ १० को राति उनी नेपाल फर्किए । त्यसयता उनी हवाई यात्रामार्फत विदेश गएको विवरण अध्यागमनसँग छैन । हाल मलेसियामा रहेको भनिएका राई सडक मार्ग हुँदै भारत पसेको र त्यहाँबाट मलेसिया पुगेको अनुमान छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT