Techie IT
२०८१ माघ १, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसरकारी मिलेमतोमै जिबीलाई मलेसिया भगाएको खुलासा

सरकारी मिलेमतोमै जिबीलाई मलेसिया भगाएको खुलासा


काठमाडौं । सरकारी निकायको मिलेमतोमा नै सहकारी ठगीका आरोपित जिबि राईलाई मसिसेया भनाइएको खुलासा भएको छ । किनकि, रोक्का गरेको एक सातामै उनको पासपोर्ट फुकुवा भएको तथ्य फेला परेको छ ।

सरकारी निकायले नचाहने हो भने रोक्का भएको पासपोर्ट एक सातामै फुकुवा हुन सम्भवै छैन । राईको राहदानी गत वर्ष असार २० मा रोक्का गरिएको थियो । उक्त राहदानी फेरि असार २८ मा फुकुवा गरिएको भेटिएको छ । राईको राहदानी फुकुवा हुँदा गृहमन्त्री थिए, माओवादीका नारायणकाजी श्रेष्ठ । तर श्रेष्ठले यसबारे आफूलाई केही पनि थाहा नभएको बताएका छन् ।

त्यस्तै, राहदानी रोक्का र फुकुवाको पत्र लेख्दा सहकारी विभागको रजिस्ट्रारमा नमराज घिमिरे र अध्यागमन विभागको महानिर्देशकमा झलकराम अधिकारी थिए । राहदानी फुकुवा भएपछि राई २०८० साउन ११ मा साँझ मलेसिया गएका थिए ।

त्यसको एक महिनापछि अर्थात् २०८० भदौ १० को राति उनी नेपाल फर्किए । त्यसयता उनी हवाई यात्रामार्फत विदेश गएको विवरण अध्यागमनसँग छैन । हाल मलेसियामा रहेको भनिएका राई सडक मार्ग हुँदै भारत पसेको र त्यहाँबाट मलेसिया पुगेको अनुमान छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

धादिङको जन्मदर्ता किर्ते प्रकरण: लापरबाही र मानव अधिकार उल्लंघनको गम्भीर…

काठमाडौं । धादिङ जिल्लाको धुनीबेशी नगरपालिका वडा नम्बर ४ मा जन्मदर्ता किर्ते गरी जग्गा बिक्री गरिएको घटनाले कानूनी र नैतिक

मल्टिस्टार सहकारीको बदनियत, फिर्ता गरेन बचतकर्ताको ३२ लाख

काठमाडौं । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ पेप्सिकोलास्थित मल्टिस्टार बचत तथा ऋण सहकारी संस्थाले बदनियतपूर्वक आफ्ना सदस्यको सेयर बचत तथा

युरोप जान चाहने विद्यार्थीलाई वेदान्त कन्सलटेन्टको अफर नै अफर

काठमाडौं । पछिल्लो समय युरोपका विभिन्न मुलुकमा उच्च शिक्षाको आकर्षण बढिरहेको सन्दर्भमा वेदान्त कन्सलटेन्ट, नयाँ बानेश्वरले ती मुलुकमा जान चाहने

संघीय मन्त्रीको दाबी- सडकका खाल्डा हामीले पुर्यौं, जस बालेनले पाए

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडकका खाल्डाखुल्डी आफूहरुले पुरेको तर जसचाहिँ काठमाडौं महानगरका मेयर बालेन शाहले

सिकन्दरको टिजरले तोड्यो पुष्पा-२ को रेकर्ड

काठमाडौं । सलमान खानको बहुप्रतिक्षित फिल्म सिकन्दरको टिजर सार्वजनिक भएको छ । सलमानले आफ्नो जन्मदिनको भोलिपल्ट यस फिल्मको टिजर रिलिज

हडपिएको शेरा दरबारको जग्गा फिर्ता ल्याउन यसरी जुट्यो सरकार

काठमाडौं । नुवाकोटको विदुरस्थित शेरा दरबार र त्यसले चर्चेको १८४ रोपनी जग्गामध्ये १६४ रोपनी सरकारका नाममा ल्याउने प्रक्रिया थालनीका लागि

Techie IT