गृहपृष्ठ ∕ मुख्यपत्र ∕ दुप्चेश्वरमा नुहाउने क्रममा एक तीर्थयात्री बेपत्ता दुप्चेश्वरमा नुहाउने क्रममा एक तीर्थयात्री बेपत्ता स्वर्णपत्र मंगलबार, २०८१ असोज १ गते, ०७:३१ मा प्रकाशित मुख्यपत्र त्रिशूली (नुवाकोट) । नुवाकोटको दुप्चेश्वर गाँउपालिका–६ मा अवस्थित प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरको दर्शन गर्नुपूर्व स्नानको क्रममा सोमबार खोलाले बगाउँदा एक जना तीर्थयात्री बेपत्ता भएका छन् । मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा स्नानको क्रममा सूर्यगढी गाँउपालिका–३ स्थायी ठेगाना भएर हाल काठमाडौँ बस्ने हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए । उनका अनुसार परिवारको साथमा मन्दिर दर्शनको लागि आएकी ७२ वर्षीया अधिकारीलाई स्नानको क्रममा खोलाले बगाएपछि खोजी कार्य भइरहेको छ । खाेलाले बगलगत्तै थालिएको उद्धार र खोजतलास जारी रहेको छ । हराइरहेकी वृद्धालाई खोजतलासमा सहयोग पुर्याउन गाउँपालिकाले आह्वान गर्दै उनलाई फेला पार्ने व्यक्तिलाई प्रसंशा स्वरुप ५० हजार रुपैयाँ नगद दिने घोषणा गरेको छ । बाढीका कारण खोलाको बहाव ठूलो भएको र पानी धमिलो भएकाले खोजतलासमा समस्या भएको सुरक्षा अधिकारीहरूले बताएका छन् । तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार अमेरिकामा हेलेन आँधीका कारण २०० जनाको मृत्यु,सयौं बेपत्ता काठमाडौं । अमेरिकाको दक्षिणपश्चिम क्षेत्रमा पर्ने नर्थ क्यारोलिनामा आएको हेलेन नामक आँधीले ठूलो मात्रामा जनधनको क्षति पुर्याएको छ । बीबीसीका चौतारा बजारमा बजार अनुगमन तीव्र काठमाडौं । सिन्धुपाल्चोकको सदरमुकाम चौतारा बजारमा बिनाबिल र कम तौल भएको सामग्री गाडीबाट बेच्दै हिँडेको एक व्यवसायीलाई जरिवाना गरिएको छ। प्रेमिकाको अश्लील फोटो आफन्तलाई पठाइदिने युवक एयरपोर्टबाट पक्राउ काठमाडौं । सामाजिक सञ्जालबाट महिलाको चरित्रहत्या गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा वैदेशिक रोजगारीका लागि मलेसिया नारायणघाटदेखि काठमाडौँसम्म ट्रेलर सहितका ठुला सवारी सञ्चालनमा रोक काठमाडौं । यातायात व्यवस्था विभागले चितवनको नारायणघाटदेखि काठमाडौंसम्मका सडकमा घटस्थापनादेखि पूर्णिमासम्म ट्रेलर लगायतका ठूला सवारी साधन सञ्चालनमा रोक लगाएको छ। तुइन र फड्केले जोडियो नाका तातोपानी काठमाडौं । पुल बगेपछि ठप्प बनेको तातोपानी नाका जाने सडकको लार्चामा तुइन र फड्के राखिएको छ । अविरल वर्षासँगैको बाढीले बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुग्यो,१९ अझै बेपत्ता काठमाडौं । यही असोज ११ र १२ गतेको अविरल वर्षासँगै आएको बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या २३६ पुगेको छ । लोकप्रिय १ सिन्धुपाल्चोक बाढीपहिरो अपडेटः ११ जनाको मृत्यु,४० स्थानका सडक अवरुद्ध २ भोटेकोशी नदिले बगायो लार्चाको पुल ३ जुगलको कुनेगाँउको पहिरोपरि २ जनाको मृत्यु २ बेपत्ता ४ होस्टेल-३ मार्फत चलचित्रमा डेब्यु गर्दै खेम बानियाँ ५ काेशी ब्यारेजमा यात्रुवाहक बस खस्याे ! ६ असाेज ११ र १२ काे माैसम कस्ताे ? ७ साइबर सुरक्षाको मामिलामा नेपाल कमजोर बन्दै