Techie IT
Sunday, July 13, 2025 | आईतबार, असार २९, २०८२
२०८२ असार २९, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रउपसभामुख रानालाई महाअभियोग लगाउने तयारीमा सत्तारुढ दल

उपसभामुख रानालाई महाअभियोग लगाउने तयारीमा सत्तारुढ दल


काठमाडौं । उपसभामुख इन्दिरा राना मगरविरूद्ध महाभियोग लगाउने तयारी भइरहेको खुलेको छ । सत्तागठबन्धनको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले नै उपसभामुख रानालाई महाअभियोग लगाउने प्रस्ताव गरेको खुलेको हो ।

संवैधानिक परिषदको निर्णय ‘कम्फर्टेबल’ हुनुपर्ने भन्दै प्रधानमन्त्री ओलीले गरेको उक्त प्रस्तावमा सत्ता गठबन्धनमा रहेका सबै दल सहमत छन् । आइतबार नै प्रधानमन्त्री ओली र कांग्रेसका सभापति शेरबहादुर देउवाबीच यसबारे छलफल भएको थियो । उनीहरूका बीचमा रिक्त संवैधानिक निकायमा पदपूर्तिका बारेमा छलफल भएको थियो ।

छलफलमा देउवाले संवैधानिक निकायमा कांग्रेसका एक जना पनि सदस्य नरहेको बताएका थिए । अहिलेको प्रावधानअनुसार संवैधानिक परिषदको निर्णय ५० प्रतिशत सदस्यबाट हुन्छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषदमा प्रधानन्यायाधीश, सभामुख, राष्ट्रियसभा अध्यक्ष, प्रतिपक्षी दलका नेता र उपसभामुख सदस्य रहने व्यवस्था छ ।

संविधानको धारा ९१ को उपधारा ६ को (ग) मा उपसभाखुले पद अनुकूल आचरण नगरेको भन्ने प्रस्ताव प्रतिनिधि सभाको तत्काल कायम रहेको सम्पूर्ण सदस्य संख्याको दुई तिहाइ बहुमतबाट पारित भएमा उपसभामुख पद रिक्त हुने व्यवस्था छ ।

प्रतिनिधि सभाका एक चौंथाइ सांसदले महाअभियोग प्रस्ताव दर्ता गर्न सक्छन् । उपसभामुख रानामगरले काठमाडौंस्थित अमेरिकी दूतावासलाई आफूसहित छ जनाको भिसाको अन्तर्वार्ताको समय मिलाइदिन लेखेको पत्र विवादमा परेको थियो।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

प्रधानमन्त्रीको सुझाव– समयमै विवाह गर्नू

प्रधानमन्त्री केपी शर्मा ओलीले समयमै विवाह गरेर ३० वर्षभित्रै तीन सन्तान जन्माउने सुझाव दिएका छन् ।

काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले माग्यो ५२ कर्मचारी

काठमाडौं । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडले ५२ जना कर्मचारीको लागि दरखास्त आह्वान गरेको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड पदपूर्ति

नारायणकाजी श्रेष्ठले सुटुक्क विद्या भण्डारी भेटेकोप्रति प्रचण्डको असन्तुष्टि

काठमाडौं । पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई थाहै नदिइ पूर्वराष्ट्रपति विद्या भण्डारीलाई भेटेकोप्रति माओवादी अध्यक्ष प्रचण्डले असन्तुष्टि व्यक्त गरेका

विद्या भण्डारीका कारण असफल हुनबाट जोगिए बालेन

काठमाडौं । पुनः राजनीतिमा सक्रिय हुन लागेकी पूर्वराष्ट्रपति विद्यादेवीको भूमिका कारण काठमाडौं महानगरपालिकाका मेयर बालेन साह असफल हुनबाट जोगिएका छन्

ओलीकै डिजाइनमा विद्या भण्डारी एमालेमा सक्रिय

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पुनः राजनीतिमा सक्रिय हुने घोषणाले नेपाली राजनीति नै तरंगित भएको छ । खासगरी एमालेभित्र भण्डारीको आगमनले ठूलो

पूर्वराजाका संवाद सचिव फणिराज पाठक पक्राउ

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहका संवाद सचिव फणिराज पाठकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । संविधानले नचिनेको भाषामा विज्ञप्ति जारी गरेको

Techie IT