गृहपृष्ठ ∕ मुख्यपत्र ∕ अन्ततः फुट्नेनै भयो नेकपा एस अन्ततः फुट्नेनै भयो नेकपा एस स्वर्णपत्र आईतबार, २०८१ भदौ २३ गते, १२:०१ मा प्रकाशित मुख्यपत्र काठमाडौं । अन्नतः माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी फुट्नेनै भएको छ । लामो समयदेखि पार्टी फुटाउने तयारीमा रहेका सांसदहरुले अब भने एक साताभित्रै पार्टी विभाजन गर्नेगरि तयारी गरेको बुझिएको छ । स्रोतका अनुसार दुई जना पदाधिकारीले पार्टी विभाजनको नेतृत्व गरेका छन् । अहिले सो दलबाट प्रतिनिधिसभामा १० जना सांसद छन् । पार्टी विभाजनको पक्षमा ६ जना सांसद उभिएको बताइएको छ । पार्टी विभाजनको नेतृत्व गर्ने सांसदहरुमा भने कृष्णकुमार श्रेष्ठ र प्रेम आले अग्रभागमा छन् । श्रेष्ठ र आलेले पार्टीका पछिल्ला महत्वपूर्ण बैठकहरु नै बहिष्कार गर्दै आएका छन् । आले त पार्टीको महाधिवेशन भैरहेको बेला देश छोडेर हिँडेका थिए । पार्टी विभाजन गरेकाहरु तत्कालै एमालेमा समाहित हुने बुझिएको छ । अहिले करिब १५० जना केन्द्रीय सदस्यहरु पार्टी विभाजनको पक्षमा उभिएको बुझिएको छ । #नेकपा एस तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको… काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका… काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा जनताको जीवनभन्दा जमिन ठूलो हो ? प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि ! कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै लोकप्रिय १ पोखराबाट दुर्गा प्रसाईं पक्राउ २ पैसा उठाउन रास्वपाले अपनायो नयाँ ट्याक्टिस ३ रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको गौरव हो ४ अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका विषय अर्को वर्ष थपिन्छन् ५ हनिमुन पिरियड नसकिँदै असफलताको बाटोमा सरकार ६ ऊर्जामन्त्रीमा भरत पराजुलीको चर्चा, को हुन् उनी ? ७ जनताको जीवनभन्दा जमिन ठूलो हो ? ८ बालेन पक्ष भन्छ- प्रधानमन्त्रीकै मर्जीमा मन्त्री नियुक्त, रास्वपा चाहन्छ- पार्टीले सिफारिसमा