Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमलामीविहीन बन्यो सिन्धुलीको तीनपाटन, महिलाले थापे काँध

मलामीविहीन बन्यो सिन्धुलीको तीनपाटन, महिलाले थापे काँध


काठमाडौं । अहिले सामाजिक सञ्जालमा एउटा तस्वीर भाइरल भएको छ । सिन्धुलीस्थित तीनपाटन गाउँपालिका– ७ मा एउटी महिलाले शव बोकेको र अरु कोही पनि मलामी नदेखिएको उक्त तस्वीर भाइरल भएको हो ।

वडाध्यक्ष युवराज पहाडीले फेसबुकमार्फत मलामी जाँदै गरेको दुईवटा तस्वीर सार्वजनिक गरेका छन् । जसमध्ये एउटामा उनी आफैंले शव बोकेका छन् भने अर्कोमा एउटी महिलाले शव बोकेकी छिन् । र, शवको पछाडि एकजनामात्रै मान्छे हिँडिरहेको देखिन्छन् ।

वडाध्यक्ष पहाडीले उक्त तस्वीर सार्वजनिक गर्दै लेखेका छन्, ‘हामी राजनिती गर्नेले के भनेर राजनीति गरिरहने हो गाउँमा ! मलामीसम्म जाने मान्छे छैन । अनि अर्को कुरा, हाम्रो समाज कुन संस्कार मान्दै छौं ? मान्छे मर्दा पनि जातभातको कुरा गर्ने अशिक्षित समाजसंग सारै लज्जित छु । तीनपाटन गाउंपालिका वडा नं ७ बस्ने कृष्ण माया पहाडी आमाको स्वर्गमा बास होस् ! हार्दिक श्रद्धाञ्जली ।’

वडाध्यक्ष पहाडीका अनुसार आइतबार स्थानीय ६५ वर्षीया कृष्णमाया पहाडीको कालगतिले मृत्यु भएको हो । र, गाउँ ठूलै भए पनि मृतक पहाडीको शव बोक्ने तथा मलामी जाने मान्छेको अभाव भयो । यसको मुख्य कारण चाहिँ गाउँमा मान्छे नभएर मलामीको अभाव भएको होइन, जातीय विभेद प्रमुख समस्या हो ।

वडाध्यक्ष पहाडीका अनुसार उक्त ठाउँमा ७, ८ घरमात्रै पहाडी अर्थात् बाहुनहरु छन् । वरिपरि सबै दलित तथा जनजाति छन् । बाहुनको शवलाई दलित तथा जनजातिले छुन हुँदैन भनेपछि गाउँमा शव बोक्ने मान्छेकै अभाव भएको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT