Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअधिवेशनपछि नेकपा एसमा व्यापक तनाव, पार्टी फुट्ने खतरा बढ्यो

अधिवेशनपछि नेकपा एसमा व्यापक तनाव, पार्टी फुट्ने खतरा बढ्यो


काठमाडौं । एमालेसँग चोइटिएर बनेको नेकपा एसभित्र झन्पछि झन् विवाद बढ्दो छ । पार्टी स्थापनादेखिनै सुरु भएको विवाद भर्खरै सकिएको अधिवेशनपछि त उत्कर्षमै पुगेको छ । अधिवेशनले चुनेको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै नेकपा एसका थुप्रै नेताले पार्टी छाडेको घोषणा गरिसकेका छन् ।

काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव धुर्वराज न्यौपानेसँगै काठमाडौँ क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन, सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा, जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटालगायतले पार्टी जिम्मेवारीबाट राजीनामानै दिइसकेका छन् ।

यससँगै देशका विभिन्न जिल्लाका नेताहरुले पनि नेकपा एस छाडेको घोषणा गरिरहेका छन् । नेकपा एसभित्र अहिले चुनाव हारेका नेताहरु मात्र होइनन्, यसअघि केन्द्रीय सदस्यमा नपरेकाहरु पनि असन्तुष्ट छन् । एकीकृत समाजवादीले निर्वाचनमार्फत १७ पदाधिकारी र १०५ जना पोलिटब्युरो सदस्य चयन गरेको हो ।

यसअघिको महाधिवेशनबाट अध्यक्षमा माधव नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुषाल चयन भए पनि बाँकी पदाधिकारी र पोलिटब्युरो सदस्य चयन हुन सकेको थिएन । अध्यक्ष नेपाल पक्षले पदाधिकारीमा जिताउनुपर्ने नेताहरूको नामावली बाँड्दा उनकै समूहकी रामकुमारी झाँक्री उपाध्यक्षमा हारेकी छन् ।

त्यति मात्र होइन, माधव नेपाल पक्षको चिटमा डा विजयकुमार पौडेल र प्रकाश ज्वालालाई हटाएको थियो । पदाधिकारीमा झलनाथ खनाल र घनश्याम भुषाल समूहका प्रकाश ज्वालाबाहेक कोही पनि परेका छैनन् । नेकपा एसभित्रको अन्तरसंघर्ष र गुटगत राजनीतिका कारण अहिले पार्टी नै संकटमा परेको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT