Techie IT
२०८१ मंसीर २५, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकोटेश्वरमा खाजाघरको नाममा वेश्यावृत्ति, पाँच बालिका र एक युवतीको उद्दार

कोटेश्वरमा खाजाघरको नाममा वेश्यावृत्ति, पाँच बालिका र एक युवतीको उद्दार


काठमाडौं । कोटेश्वरको एक गेस्ट हाउसमा वेश्यावृत्ति गराउने गराइएको खुलासा भएको छ । कोटेश्वरस्थित ‘कमलामाई खाजाघर एन्ड गेस्ट हाउस’बाट प्रहरीको मानव बेचबिखन ब्युरोले वेश्यावृत्तिमा लगाएका ५ जना बालिका र युवतीलाई उद्धार गरेसँगै उक्त खुलासा भएको हो ।

उद्धार गरिएकामध्ये दुईजना १५ र १६ वर्षका छन् । गेस्ट हाउस सञ्चालक रामेछाप घर भएका गोरे नेवा खड्गीले रकम असुलेर उनीहरूलाई यौन व्यवसायमा लगाएका हुन् । प्रहरीले गेस्ट हाउस सञ्चालक खड्गी र गेस्ट हाउसमा यौन धन्दा चलाउन ग्राहक खोज्ने सिन्धुलीका राजु साहीलाई पक्राउ गरेको हो ।

उद्धार गरिएका ३ जना युवतीहरू १८ वर्ष माथिका छन् । वेश्यावृत्ति गर्न बाध्य पारिएकाहरू सिन्धुपाल्चोक, काभ्रे र उदयपुरका हुन् । गेस्टहाउसमा आउने ग्राहकहरूसँग सञ्चालकले एकपटकको शारीरिक सम्पर्कका लागि १ हजार ५ सय र रातभरका लागि ८ हजार रुपैपाँ असुल्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कथा: स्वर्ग-नर्क

माधवराज गाउँका जानेमानेका ब्राह्मण थिए। साह्रै सरल जीवन जिउने उनी गाउँघरमा जजमान गरेर आफ्नो गुजारा चलाउँथे। धर्मप्रति उनको गहिरे आस्था

प्रधानमन्त्री र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सि चिनपिङसँग भेटवार्ता गरेका छन् ।

नेपाल र चीनबीच ८ बुँदे सम्झौता, भैंसीको मासु निर्यात गर्नेदेखि…

नेपाल र चीनबीच ८ बुँदे सम्झौता पत्रमा हस्ताक्षर भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ

वेडिङ फोटो अवार्डका लागि आवेदन खुल्यो, कसरी हुने सहभागी ?

काठमाडौँ । काठमाडौँ फोटोग्राफर संघले ‘केपीए वेडिङ फोटो अवार्ड २०२४’ आयोजना गर्न लागेको छ।  पौष १२ गते राष्ट्रिय नाचघर जमलमा

बलेफी खोलामा ‘हाइड्रो आतंक’: मुनलाइटको मनपरी, स्थानीय आतंकित (भिडियाेसहित)

सिन्धुपाल्चोकको जुगल गाउँपालिका– १,२ र ५ को सीमा कुम्भेश्वरमा ड्याम निर्माण गरेर जुगल–१ को अरुबोटेमा पावरहाउस हुने गरेर निर्माण भइरहेको

राष्ट्रिय बुद्धिचाल प्रतियोगितमा सिन्धुपाल्चोकका रविन विजयी

काठमाडौं । शंखरापुर युथ क्लबले आयोजना गरेको राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा सिन्धुपाल्चोकका रविन तामाङ विजयी भएका छन् । शुक्रबार भएको प्रतियोगितामा

Techie IT