Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रधानमन्त्री ओलीले ‘हराएका वर्षहरु’का प्रकाशलाई भेट्ने

प्रधानमन्त्री ओलीले ‘हराएका वर्षहरु’का प्रकाशलाई भेट्ने


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हेर्ने कथाको ‘हराएका वर्षहरू’ अंकका पात्र प्रकाश तामाङसित भेट्ने इच्छा व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले अहिले युट्युव ट्रेण्डिङको एक नम्बरमा रहेको उक्त कथाका पात्र प्रकाशलाई भेट्ने चाहना व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा प्रकाशलाई भेट्ने चाह गर्दै उनले भनेका छन्, ‘हामी दुःखको आँसुसँग मात्र परिचित छौँ । चाहे सुखका हुन् वा दुःखका, भावको आयतन शरीरले थेग्न नसकेपछि आँसु झर्ने रहेछ । हेर्ने कथाको पछिल्लो एपिसोड ’हराएका वर्षहरू’ हेरेँ । प्रकाश तामाङ (काले मोक्तान)को परिवारसँग मिलनको दृश्यले आँसु आयो।’

उनले अझै भनेका छन्, ‘सोचें– यस्ता कति प्रकाशहरु वर्षौंदेखि हराएका होलान् ! एक पटक प्रकाशलाई भेटेर उहाँको कुरा सुन्न चाहन्छु। विद्या चापागाईं प्रभावशाली ‘स्टोरी टेलर’ हुनुहुन्छ । हेर्ने कथामा उहाँले प्रस्तुत गरेका अरु कयौं कथाहरू पनि हेरेको छु। विद्या चापागाईंसँग पनि भेटेर यस विषयमा कुरा गर्ने छु। यो मर्मस्पर्शी कथालाई दृश्यमा ल्याइदिएकोमा हेर्ने कथा टिमलाई धन्यवाद !’

 






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ ।

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

Techie IT