Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश

सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको आदेश


काठमाडौं । सर्वोच्च अदालतले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा. मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न आदेश दिएको हो ।

राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरिरहेको र त्यसलाई अनिवार्य गर्दा कैयौं जेष्ठ नागरिकहरु सामाजिक सुरक्षा भत्ताबाट बञ्चित हुने भन्दै अधिवक्ता रामबहादुर रावल लगायतले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।

यसअघि २४ जेठ २०८१ को मन्त्रिपरिषद् बैठकले पहिलो चरणमा २८ जिल्लामा १ साउनबाट लागु हुने गरी सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको थियो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ ।

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

Techie IT