Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रअमेरिकामा नेपाली नर्स ममताको मृत्यु कि हत्या ?

अमेरिकामा नेपाली नर्स ममताको मृत्यु कि हत्या ?


काठमाडौं । अमेरिकामा नेपाली नर्स बेपत्ता भएको प्रकरणमा नर्सका श्रीमान पक्राउ परेका छन् । नर्स ममता काफ्लेको हत्या गरेको हुनसक्ने शंकाका आधारमा अमेरिकी प्रहरीले श्रीमान नरेश भट्टलाई पक्राउ गरेको हो ।

२८ वर्षीया काफ्लेको हत्या गरी शव लुकाएको हुनसक्ने अनुमान छ । ममता बेपत्ता भएपछि नरेशले श्रीमतीसँग आफ्नो कुनै झगडा नभएको दाबी गर्दै आएका थिए । तर उनी ममताको खोजी गर्न माग गर्दै भएको प्रदर्शनमा सहभागी भएका थिएनन् । कञ्चनपुरको महेन्द्रनगर स्थायी घर भएका भट्टले सन् २०२० मा विवाह गरेका थिए ।

पछिल्लो समय उनीहरुबीच सम्बन्ध राम्रो थिएन । काफ्लेले सम्बन्ध विच्छेदका लागि विभिन्न व्यक्तिहरुसँग परामर्श गरेकोसमेत खुलेको छ । काफ्ले पछिल्लोपटक साउन १६ गते भर्जिनियास्थित मनसास पार्कमा देखिएकी थिइन् । र ममता बेपत्ता भएपछि नि श्रीमान् नरेशले खोजीका लागि कुनै चासो दिएका थिएनन् ।

आफन्त र साथीभाइको पहलमा नै ममता हराएको सूचना प्रहरीसम्म पुगेको थियो । पछिल्लोपटक प्रहरीले गरेको प्रेस ब्रिफिङमा मनसास पार्क पुलिसका प्रमुखले श्रीमान् नरेशले अनुसन्धानमा सहयोग नगरेको भन्दै शंका गरेका थिए । लगत्तै प्रहरीले उनको घरमा छापा मारेको थियो । प्रहरीले थप प्रमाण फेला पारेपछि नरेशलाई पक्राउ गरेको भनेको छ । काफ्लेको अवस्था भने अहिलेसम्म पत्ता लागेको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT