Techie IT
Wednesday, November 12, 2025 | बुधबार, कात्तिक २६, २०८२
२०८२ कात्तिक २६, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रकृष्ण दमाइले भकानिँदै भने: चर्चा कमाएर के गर्नु, बिहान–बेलुका छाक टार्नै मुस्किल छ

कृष्ण दमाइले भकानिँदै भने: चर्चा कमाएर के गर्नु, बिहान–बेलुका छाक टार्नै मुस्किल छ


काठमाडौं । पशुपतिनाथ मन्दिरमा साउन महिनाभर चलेको बहुविवादित कोटीहोमले धेरै पात्रलाई चर्चामा ल्यायो । नामै नसुनेकाहरु रातारात भइरल भए, प्रख्यात भनिएकाहरु कुख्यात कहलिए । हो, उक्त कोटीहोमले चर्चा चुल्याएको धेरै पात्रमध्येका एक हुन्– कृष्ण दमाइ ।

दलितलाई कोटीहोमको व्यासस्थान दिएको विषयले धेरैको ध्यान खिच्यो । कतिपयले समानताका पक्षमा बाहुनले गरेको क्रान्तिका रुपमा व्याख्या गरे त कतिले हिन्दूधर्मकै बेइज्जत गरेको टिप्पणी गरे ।

यसबारे यत्ति भनौं, ‘दलितभित्र फस्टाएको बाहुनवाद वा बाहुनभित्र मौलाएको दलित चिन्तन’ दुवै खतरनाक छ । तर अहिलेको प्रसङ्ग यो हो कि, बाहुनले चर्चामा ल्याइदिएका कृष्ण दमाइ रुँदै मिडियामा छन् । उनले एउटा युट्युव च्यानललाई अन्तरवार्ता दिँदै भनेका छन्, ‘चर्चा कमाएर मात्रै के गर्नु ? मलाई बिहान–बेलुकाकै छाक टार्न मुस्किल छ ।’

अझ भकानिँदै उनी भन्छन्, ‘मैले समाज र धर्मका लागि आफ्नो पीडालाई लुकाएर बसेको छु । मेरोबारे बुझ्ने भए राजधानीमा बसेर होइन, गाउँमा आइदिनुस् । खासमा म अहिले बोल्नै नसक्ने अवस्थामा छु । अस्ति पशुपतिमा पनि भावुक हुन्छु भनेर आफ्नो पीडाको पोको नै खोलिनँ । तर जे जस्तो भए पनि म हिन्दू धर्ममा भएका रुढीवादी परम्परा हटाउने अभियानमा छु ।’






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

डिभी चिट्टाको आवेदनका लागि अमेरिकाले लागू गर्यो नयाँ प्रावधान

काठमाडौं । अमेरिकाले अबको एक महिनाभित्र डिभी चिट्टा खोल्ने बुझिएको छ । र, डिभी चिट्टा खोल्दा केही नयाँ प्रावधान पनि

धमाधम राजनीतिमा होमिँदै नायिकाहरु, निशा अधिकारी वीरेन्द्र बस्नेतको पार्टीमा

काठमाडौं । बृद्ध एयरका मालिक वीरेन्द्रबहादुर बस्नेतले खोलेको ‘गतिशील लोकतान्त्रिक पार्टी’ मा अभिनेत्री निशा अधिकारी पनि जोडिएकी छन् । अधिकारीलाई

दुर्गा प्रसाईं समूहले सरकारसँग राख्यो २७ बुँदे माग 

दुर्गा प्रसाईँ समूहले सरकारसँग २७ बुँदे माग पेस गरेको छ । बुधबार गृह मन्त्रालय पुगेर प्रसाईँ समूहले प्रदेश खारेज गरेर

लोकप्रियताको आडमा कुलमानका कर्तुतै–कर्तुत

अहिलेका ऊर्जामन्त्री एवम् यसअघिका प्राधिकरण प्रमुख कुलमान घिसिङले लोकप्रियताको आडमा अर्बौं अर्ब रुपैयाँ भ्रष्टाचार खुलेको छ ।

दल दर्ताको चक्कर छाडेर ‘सिभिलियन फोर्स’ बनाउँदै सुदन गुरूङ

काठमाडौं । जेनजी आन्दोलनबाट चर्चामा आएका हामी नेपाल अभियानका संस्थापक सुदन गुरूङले ‘सिभिलियन फोर्स’ तयार पार्ने भएका छन् । कुलमान

संसद पुनःस्थापनाको पक्षमा एमालेले गर्यो देशभर शक्ति प्रदर्शन

काठमाडौं । संसद पुनःस्थापनाको पक्षमा नेकपा एमालेले देशभर शक्ति प्रदर्शन गरेको छ । एमालेले वडा भेलापछि मंगलबार पालिका स्तरमा जुलससँगै

Techie IT