Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रमाओवादी अध्यक्षमा जनार्दनको आँखा, प्रचण्ड तनावमा

माओवादी अध्यक्षमा जनार्दनको आँखा, प्रचण्ड तनावमा


काठमाडौं । ठूला–ठूला परिवर्तनको कुरा गर्ने नेकपा माओवादी केन्द्रको नेतृत्व भने ‘अपरिवर्तनीय’ जस्तै बनेको छ । पार्टी स्थापना भएदेखि नै अर्थात् ३० वर्षदेखि एकोहोरो एउटै व्यक्तिले नेतृत्व गरिरहँदा माओवादी नै जाम भएजस्तो भइसकेको छ । अर्थात्, माओवादी निरन्तर ओरालो–यात्रामा छ ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वप्रति पार्टीभित्रै असन्तुष्टि चुलिँदो छ । त्यसैले अहिले माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा (प्रभाकर) ले प्रचण्डलाई नेतृत्व हस्तान्तरण गर्न सुझाव दिएका छन् ।

शर्माले अध्यक्ष प्रचण्डसहितका पदाधिकारीहरु संरक्षकको भूमिकामा रहने र तेस्रो पुस्ताको युवालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने प्रस्तावसमेत गरेका छन् । यसका लागि हालको केन्द्रीय कमिटी भंग गरी अध्यक्ष प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाउने र प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नुपर्ने शर्माको भनाइ छ । स्थायी कमिटी बैठकमा शर्माले राखेको यो प्रस्तावबाट अध्यक्ष प्रचण्ड नराम्ररी झस्किएका छन् । किनकि, उनीमा अझै पार्टीको नेतृत्व गरिरहने लालसा छ ।

माओवादी केन्द्रमा सामूहिक नेतृत्वको अवधारणालाई संकुचित गर्दै एकलौटी नेतृत्वको अभ्यास गरिएको उपमहासचिव शर्माको ठहर छ । शान्ति सम्झौतासँगै बदलिएको परिस्थितिअनुरूप पार्टीलाई संगठनात्मक संरचना र विधि पद्दति अनुसार चलाउनुपर्ने उनको भनाइ छ । त्यस्तै पार्टीमा बिग्रेको कामको नैतिक जिम्मेवारी नेतृत्वले नलिने प्रवृत्ति हाबी भएकोमा पनि उनले चिन्ता व्यक्त गरेका छन् ।

शर्माले माओवादी केन्द्रले उठाएको समाजवादको नारामा पनि प्रश्न उठाएका छन् । त्यस्तै पार्टीमा परिवारवाद हामी भएको भन्दै शर्माले प्रचण्डको कटु आलोचना गरेका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT