Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रके हो धरानमा चर्किएको खानेपानी महसुल विवादको जड ?

के हो धरानमा चर्किएको खानेपानी महसुल विवादको जड ?


काठमाडौं । पछिल्लो समय धरानमा खानेपानी महसुलको विषयमा बढेको विवादले उग्ररुप लिँदै गएको छ । कुनैबेला जनश्रमदानबाट धरानमा पानी ल्याएको भनेर ‘हाइहाइ’ भएका धरानका मेयर हर्क साम्पाङसमेत अहिले खानेपानी महसुल विवादकै कारण निकै आलोचित भइरहेका छन् ।

यतिसम्म कि, खानेपानीको मुद्दाकै कारण चुनाव जितेका र लोकप्रिय भएका मेयर साम्पाङविरुद्ध अहिले धरानबासी नै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनका क्रममा हिजो धरान दिनभर अशान्त रह्यो । प्रहरी र प्रदर्शनकारीबीच घम्साघम्सी भयो । एक प्रहरीसहित तीनजना घाइते भए ।

यसरी उग्र आन्दोलन भइरहेको धरानको खानेपानी महसुल विवादको चुरो के हो त ? धेरैको चासो विषय छ ।

खासमा धरानमा खानेपानी तथा सरसफाइ सेवा महसुल निर्धारण आयोगले दिएको परामर्श बमोमिज खानेपानी व्यवस्थापन बोर्डले मूल्य निर्धारण नगरेपछि स्थानीय आक्रोशित भएका हुन् । उनीहरुले खानेपानीको पुरानै महसुल दर कायम नभएसम्म आन्दोलन गरिरहने बताउँदै आएका छन् । हुन पनि धरानमा अत्याधिक मात्रामा खानेपानी महसुल बढाइएको छ । यहाँ नयाँ धारा जडान गनर्कका लागि खानेपानी बोर्डले ५ हजार रुपैयाँ बढाएको छ ।

अर्थात् पहिला १५ हजार रुपैयाँ लाग्ने ठाउँमा अहिले २० हजार र २० रुपैयाँ लाग्ने ठाउँमा २५ हजार रुपैयाँ पुर्याइएको छ । त्यस्तै यसअघि १० हजार रुपैयाँ तिर्नुपर्ने ठाउँमा ५० हजार रुपैयाँसम्म पुर्याइएको छ । यसरी मनलाग्दी महसुल बढाएपछि स्थानीय आन्दोलित भएका हुन् । मेयर साम्पाङले भने ऋणभार बढेकाले खानेपानीको शुल्क बढाउनु आफूहरुको बाध्यता भएको बताएका छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT