Techie IT
२०८१ असोज २१, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रटीआरसी विधेयक कानून समितिबाट पारित

टीआरसी विधेयक कानून समितिबाट पारित


काठमाडौं । संक्रमणकालीन न्याय (टीआरसी)सँग सम्बन्धित विधेयक प्रतिनिधिसभा अन्तर्गतको कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ ।

सिंहदरबारमा बिहीबार बसेको समिति बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयकलाई सर्वसम्मत रूपमा पारित गरेको हो ।

विधेयकमा सन्दर्भमा देखिएका विवादहरूलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति जुटाएका थिए । विवादित विषयहरूमा सहमति भएसँगै १८ वर्षपछि विधेयक अघि बढेको हो । बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रूपमा नै पारित भएको घोषणा गरिन् ।

समितिबाट पारित भएको विधेयकलाई संसदको अर्को बैठकमा पेश गर्ने गरी पत्राचार गर्ने उनले सुनाइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बेहुली फ्रम मेघौलीका क्लिपहरु टिकटकमा छ्याप्छ्याप्ती

काठमाडौं । बिहीबारदेखि चलचित्र हलमा प्रदर्शनमा आएको चलचित्र ‘बेहुली फ्रम मेघौली’ का क्लिपहरू टिकटक लगायतका सामाजिक सञ्जालमा अपलोड भएको पाइएको

हुम्लाबाट नेपालगञ्जको जहाज टिकट पाउनै मुस्किल

काठमाडौं । हुम्लाका नागरिकहरू जहाजको टिकट खरिदका लागि रातभर लाइन बस्न थालेका छन् ।  दशैं तिहार नजिकिएसँगै जिल्लाबाट बाहिर जान

गृहमन्त्रीद्धारा बाढी प्रभावित क्षेत्रको अवलोकन

काठमाडौं । गृहमन्त्री रमेश लेखकले ललितपुरमा बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् । मन्त्री लेखकले गोदावरी नगरपालिका–१० स्थित चारघरे, गोदावरीको

ललितपुर नख्खुका बाढीपीडितलाई महामारीको चिन्ता

काठमाडौं । गत साता ललितपुरको नख्खु खोलामा आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ । त्यहाँका बासिन्दा अहिले अन्यत्रै

बाढीपहिरोमा परि काभ्रेमा हालसम्म ७७ जनाको मृत्यु

काठमाडौं । हालैको बाढीपहिरोमा परी काभ्रेपलाञ्चोकमा एक विदेशी नागरिकसहित ७७ जनाको मृत्यु भएको छ भने ७५ जना घाइते भएका छन्

अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढ्यो

काठमाडौं । अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्यटक आगमन बढेको छ । बितेका तीन महिनामा ३४ हजार छ सय ५१ विदेशी पर्यटक

Techie IT