Techie IT
Tuesday, July 8, 2025 | मंगलबार, असार २४, २०८२
२०८२ असार २४, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रको हुन् शेख हसिनालाई सत्ताच्युत गराउने आन्दोलनका नेता नाहिद ?

को हुन् शेख हसिनालाई सत्ताच्युत गराउने आन्दोलनका नेता नाहिद ?


काठमाडौं । अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिएर देश छाड्न बाध्य बनाउने आन्दोलनको नेतृत्वकर्ता नाहिद इस्लामको चर्चा व्यापक छ । प्रधानमन्त्रीलाई सत्ताच्यूत गराउने उक्त आन्दोलनको नेतृत्व गर्ने नाहिद को हुन् त ? धेरैको चासोको विषय छ ।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार नाहिद ढाका विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गर्दैछन् । उनी मानव अधिकारकर्मीका रूपमा परिचित छन् । उनी पहिलेदेखि नै हसिनाको पार्टी अवामी लिगविरूद्ध खरो रूपमा बोल्थे । पार्टीमा आबद्धहरूलाई उनले ‘आतंककारी’ को संज्ञा दिएका थिए । हसिनाविरुद्धको आन्दोलनमा उनले सामाजिक सञ्जालको प्रचुर प्रयोग गरे । त्यसपछि हसिनाको सरकारले उनीमाथि अंकुश लगाउन खोज्यो ।

उनलाई जुलाई १९ को दिन ढाकाको सहुजबागस्थित साथीको घरबाट अपहरण गरियो । आँखामा पट्टी बाँधेर, हातमा हतकडी लगाएर उनलाई कुनै अनकन्टार ठाउँमा लगियो र चरम शारीरिक यातना दिइयो । त्यतिबेला अपहरण भएको दुई दिनपछि उनी अचेत अवस्थामा पूर्वाञ्चलको पुलमुनि फेला परेका थिए । त्यसपछि आन्दोलनले झन् उग्ररुप लियो ।

परिणामतः कोटाविरुद्धको आन्दोलनले हसिनालाई सत्ताच्यूत गरायो । र, नोबेल शान्ति विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने स्थिति निर्माण भयो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ठूलो पानीनै नपरी कसरी आयो रसुवामा बाढी ?

रसुवाको टिमुरे क्षेत्रमा हिमताल फुटेर बाढी आएको आशंका पनि गरिएको छ । जल तथा मौसम विभागले प्रारम्भिक रूपमा चिनियाँ क्षेत्रमा

भक्तपुर फिस टनेल एक्स्पोमा सर्वसाधारणको उल्लेख्य आकर्षण, ३० हजारले गरे…

भक्तपुर । भक्तपुर फिस टनेल एक्स्पोमा विद्यालयलाई विशेष छुट दिइने आयोजकले जानकारी दिएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले मध्यपुरथिमि

पूर्वराजाले भव्यसँग मनाए ७९ औं जन्मदिन, निर्मल निवासमा सर्वसाधारणको घुइँचो

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार भव्यसँग आफ्नो ७९ औं जन्मदिन मनाएका छन् । निर्मल निवासमा भव्य समारोहबीच साहले जन्मदिन

इजरायलले इरानपछि यमनमाथि थाल्यो आक्रमण, तीन बन्दरगाहमा क्षति

काठमाडौं । इजरायली सेनाले यमनको हुथी नियन्त्रित क्षेत्रमा आक्रमण गरेको छ, जसमा तीन वटा बन्दरगाहलाई निशाना बनाइएको छ । इजरायलले

दमक भ्युटावरका नाममा सार्वजनिक जग्गा हिनामिना गरिएको भन्दै अख्तियारमा पर्यो…

काठमाडौं । झापको दमक नगरपालिका–३ मा रहेको १८ तले भ्युटावर परियोजनाका नाममा सार्वजनिक जग्गा निजी कम्पनीलाई दिइएको भन्दै अख्तियार दुरुपयोग

अमेरिकामा बाढीको वितण्डा, टेक्सासमा मर्नेको सङ्ख्या ८२ पुग्यो

काठमाडौं । अमेरिकाको टेक्सासमा आएको बाढीका कारण ८२ जनाको मृत्यु भएको छ । बाढीमा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्य पनि

Techie IT