Techie IT
Sunday, July 26, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रको हुन् शेख हसिनालाई सत्ताच्युत गराउने आन्दोलनका नेता नाहिद ?

को हुन् शेख हसिनालाई सत्ताच्युत गराउने आन्दोलनका नेता नाहिद ?


काठमाडौं । अहिले बंगलादेशकी प्रधानमन्त्री शेख हसिनालाई राजीनामा दिएर देश छाड्न बाध्य बनाउने आन्दोलनको नेतृत्वकर्ता नाहिद इस्लामको चर्चा व्यापक छ । प्रधानमन्त्रीलाई सत्ताच्यूत गराउने उक्त आन्दोलनको नेतृत्व गर्ने नाहिद को हुन् त ? धेरैको चासोको विषय छ ।

भारतीय समाचार संस्था एनडिटिभीका अनुसार नाहिद ढाका विश्वविद्यालयमा समाजशास्त्र अध्ययन गर्दैछन् । उनी मानव अधिकारकर्मीका रूपमा परिचित छन् । उनी पहिलेदेखि नै हसिनाको पार्टी अवामी लिगविरूद्ध खरो रूपमा बोल्थे । पार्टीमा आबद्धहरूलाई उनले ‘आतंककारी’ को संज्ञा दिएका थिए । हसिनाविरुद्धको आन्दोलनमा उनले सामाजिक सञ्जालको प्रचुर प्रयोग गरे । त्यसपछि हसिनाको सरकारले उनीमाथि अंकुश लगाउन खोज्यो ।

उनलाई जुलाई १९ को दिन ढाकाको सहुजबागस्थित साथीको घरबाट अपहरण गरियो । आँखामा पट्टी बाँधेर, हातमा हतकडी लगाएर उनलाई कुनै अनकन्टार ठाउँमा लगियो र चरम शारीरिक यातना दिइयो । त्यतिबेला अपहरण भएको दुई दिनपछि उनी अचेत अवस्थामा पूर्वाञ्चलको पुलमुनि फेला परेका थिए । त्यसपछि आन्दोलनले झन् उग्ररुप लियो ।

परिणामतः कोटाविरुद्धको आन्दोलनले हसिनालाई सत्ताच्यूत गरायो । र, नोबेल शान्ति विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन हुने स्थिति निर्माण भयो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT