Techie IT
Saturday, November 8, 2025 | शुक्रबार, कात्तिक २१, २०८२
२०८२ कात्तिक २१, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि विधान संशोधन गर्दै रास्वपा

फेरि विधान संशोधन गर्दै रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनका लागि सुझाव मागेको छ ।

रास्वपाले विधानको व्यवस्था हेरफेर र भाषागत त्रुटि हटाउन पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ नै गठन गरेको छ । कार्यदलमा केन्द्रीय समितिका डा. तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन् ।

पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ । विधान संशोधनलाई सहभागितामूलक बनाउन देश–विदेशमा रहेका पार्टी समर्थक र शुभेच्छुकहरूलाई पनि सुझाव दिन आह्वान गरिएको रास्वपाले बताएको छ ।

रास्वपाले स्थापनाको दुई वर्षमा तेस्रो पटक विधान संशोधन गर्न लागेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आईजी खापुङले ओली र लेखकलाई जोगाउन खोजेको भन्दै आलोचना

नेपाल प्रहरीका आईजीपी चन्द्रकुवेर खापुङले भदौ २३ गतेको जेन जी आन्दोलनमा गोली चलाउनका लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र

तोसिमा र गणेश कार्कीसँगै तीन दर्जन केन्द्रीय सदस्यले नै बुझाएनन्…

चितवनमा सुरु भएको रास्वपाको विस्तारित बैठकमा केन्द्रीय नेताहरुले नै लेबी बुझाउन आनाकानी गरेपछि तनाव भएको छ ।

विदेशी ऋण लिनमा ओली सरकारलाई पनि जित्यो सुशीला सरकारले

काठमाडौं । जेन–जी आन्दोलनपश्चातको डेढ महिनामा सरकारले द्विपक्षीय तथा बहुपक्षीय दाताबाट ५० मिलियन युरो र एक सय ७५ मिलियन डलर

बक्यौता तिरेसँगै चार उद्योगमा जोडियो बिजुलीको लाइन

काठमाडौं । रुपन्देहीमा सञ्चालित चार उद्योगले प्रिमियम महसुलको बक्यौता तिरेका छन् । नेपाल विद्युत् प्राधिकरणलाई ती उद्योगले पहिलो किस्तावापतको रकम

एमाले फर्कन पाउने भएपछि हौसिइन रामकुमारी झाँक्री, किसान श्रेष्ठ पनि…

काठमाडौं । एमालेमै फर्कन पाउने भएपछि नेकपा एसकी नेतृ रामकुमारी झाँक्री हौसिएकी छिन् । उनले पछिल्लो पटक एमाले अध्यक्ष केपी

चन्द्र भण्डारीको प्रश्नः एमालेले मंसिरमै महाधिवेशन गर्न सक्ने तर कांग्रेसले…

काठमाडौं । नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले सत्ता साझेदार एमाले मंसिरमा महाधिवेशन गर्ने तयारी जुटिसकेकाले कांग्रेस चुप लागेर बस्न नहुने

Techie IT