Techie IT
Thursday, June 11, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रफेरि विधान संशोधन गर्दै रास्वपा

फेरि विधान संशोधन गर्दै रास्वपा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विधान संशोधनका लागि सुझाव मागेको छ ।

रास्वपाले विधानको व्यवस्था हेरफेर र भाषागत त्रुटि हटाउन पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीको संयोजकत्वमा ११ सदस्यीय ‘विधान संशोधन सुझाव कार्यदल’ नै गठन गरेको छ । कार्यदलमा केन्द्रीय समितिका डा. तोसिमा कार्की, सोविता गौतम, गणेश कार्की, पुकार बम, क्रान्तिशिखा धिताल, विजय जैरु, मेघ आले, कामिनी चौधरी एवं केन्द्रीय विभागका नारायण घिमिरे र शंकर श्रेष्ठ सदस्य छन् ।

पार्टीलाई वैचारिक, राजनीतिक र सांगठनिक रूपमा थप प्रभावकारी बनाउने उद्देश्यले विधान संशोधन गर्न लागेको रास्वपाले जनाएको छ । विधान संशोधनलाई सहभागितामूलक बनाउन देश–विदेशमा रहेका पार्टी समर्थक र शुभेच्छुकहरूलाई पनि सुझाव दिन आह्वान गरिएको रास्वपाले बताएको छ ।

रास्वपाले स्थापनाको दुई वर्षमा तेस्रो पटक विधान संशोधन गर्न लागेको हो ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT