Techie IT
Tuesday, July 15, 2025 | मंगलबार, असार ३१, २०८२
२०८२ असार ३१, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र६४ अर्ब माथिको नाफामा वाणिज्य बैंकहरु, १० बैंकको नाफामा भने गिरावट

६४ अर्ब माथिको नाफामा वाणिज्य बैंकहरु, १० बैंकको नाफामा भने गिरावट


काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु ६४ अर्बमाथिको नाफामा देखिएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा बैंकहरु ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँको नाफामा देखिएका हुन् । आव २०७९/८० मा वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

विवरण अनुसार आव २०७९/८० को तुलनामा १० वाणिज्य बैंकहरुको नाफा २०८०/०८१ मा वृद्धि भएको छ भने १० बैंकहरुको नाफामा गिरावट आएको छ । यसमध्ये असार मसान्तसम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । समीक्षा अवधिमा नबिलले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७९र८० मा भने नबिल बैंकले ६ अर्ब ४० करोड नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा नाफा आर्जन गर्ने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा हो । यस बैंकले ५ अर्ब १९ लाख नाफा आर्जन गरेको छ । आव २०७९/८० मा नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ७२ करोड नाफा आर्जन गरेको थियो ।

यस्तै प्रभु बैंकले ४ अर्ब ४८ करोड ८ लाख, कुमारी बैंकले २ अर्ब ३० करोड ८२ लाख, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड ४३ लाख, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड ५६ लाख, एभरेष्ट बैंक ३ अर्ब ७० करोड ६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४९ करोड ८२ लाख, स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड ८९ लाख र लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड ४५ लाख खुद नाफा आर्जन गरेको छ ।

आव २०७९/८० मा यी बै‌कहरुले क्रमशः ४ अर्ब ४८ करोड, ५१ करोड ७९ लाख, १ अर्ब २ करोड ७८ लाख, १ अर्ब ३२ करोड ३४ लाख, ३अर्ब ३६ करोड, ३ अर्ब ५९ करोड, ३ अर्ब ४६ करोड र २ अर्ब २८ करोड नाफा आर्जन गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

अन्तरसंघर्षको नयाँ मोडमा एमाले !

समग्रमा उमेर प्राविधिक कुरा हो । बुर्जुवा कुतर्क हो । त्यसैले कार्यशैली र विचारलाई प्रधान ठानेर उमेरको बहसलाई किनारा लगाउनुनै

भाटभटेनीका साहुजीको प्रशंसा गर्दै प्रधानमन्त्री ओलीले भने– दान गर्ने क्षमता…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भाटभाटेनी सुपर मार्केटका साहु मीनबहादुर गुरुङको मुक्तकण्ठले प्रशंसा गरेका छन् । भाटभटेनीले त्रिवि शिक्षण

हस्ताक्षर संकलनको आवरणमा सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा

काठमाडौं । हस्ताक्षरसँगै सोचेजति रकम संकलन नभएपछि रास्वपा तनावमा परेको छ । रास्वपाका अनुसार अहिलेसम्म १६ लाखजति हस्ताक्षर संकलन भएको

बालेन र हर्क पनि रास्वपामै मिसिन तयार

काठमाडौं । २०८४ सालको चुनावसम्ममा मेयरद्वय बालेन शाह र हर्क साम्पाङ पनि रास्वपामै मिसिनेगरी तयारी भइरहेको बुझिएको छ । रास्वपा

गृहमन्त्रीको निर्देशनपछि स्पेन पठाउने गिरोहमाथि हुने भयो छानबिन

गृहमन्त्री रमेश लेखकले प्रधानमन्त्री केपी शर्मा ओलीको स्पेन भ्रमणमा सरकारी प्रतिनिधी मण्डल बाहेक गएको भन्ने विषयमा निश्पक्ष छानविन गर्न निर्देशन

डिपी अर्यालको अर्को काण्ड पनि बाहिरियो

काठमाडौं । रास्वपा कार्यवाहक सभापति डिपी अर्यालको अर्को काण्ड बाहिरिएको छ । अर्यालले १२ वर्षअघि जापान बस्दा शर्तविपरीत रकम डिपोजिट

Techie IT