Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र६४ अर्ब माथिको नाफामा वाणिज्य बैंकहरु, १० बैंकको नाफामा भने गिरावट

६४ अर्ब माथिको नाफामा वाणिज्य बैंकहरु, १० बैंकको नाफामा भने गिरावट


काठमाडौं । सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरु ६४ अर्बमाथिको नाफामा देखिएका छन् । वाणिज्य बैंकहरूले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार आर्थिक वर्ष २०८०/०८१ मा बैंकहरु ६४ अर्ब १५ करोड ३० लाख रुपैयाँको नाफामा देखिएका हुन् । आव २०७९/८० मा वाणिज्य बैंकहरुले ५६ अर्ब ५७ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेका थिए ।

विवरण अनुसार आव २०७९/८० को तुलनामा १० वाणिज्य बैंकहरुको नाफा २०८०/०८१ मा वृद्धि भएको छ भने १० बैंकहरुको नाफामा गिरावट आएको छ । यसमध्ये असार मसान्तसम्ममा सबैभन्दा बढी नाफा नबिल बैंकले आर्जन गरेको छ । समीक्षा अवधिमा नबिलले ७ अर्ब ६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । आर्थिक वर्ष २०७९र८० मा भने नबिल बैंकले ६ अर्ब ४० करोड नाफा आर्जन गरेको थियो ।

असार मसान्तसम्ममा नाफा आर्जन गर्ने अर्को बैंक नेपाल इन्भेष्टमेन्ट मेगा हो । यस बैंकले ५ अर्ब १९ लाख नाफा आर्जन गरेको छ । आव २०७९/८० मा नेपाल इन्भेष्टमेन्ट मेगाले ३ अर्ब ७२ करोड नाफा आर्जन गरेको थियो ।

यस्तै प्रभु बैंकले ४ अर्ब ४८ करोड ८ लाख, कुमारी बैंकले २ अर्ब ३० करोड ८२ लाख, प्राइम कमर्सियल बैंकले ३ अर्ब ७७ करोड ४३ लाख, कृषि विकास बैंकले ३ अर्ब ६५ करोड ५६ लाख, एभरेष्ट बैंक ३ अर्ब ७० करोड ६ लाख, राष्ट्रिय वाणिज्य बैंकले ३ अर्ब ४९ करोड ८२ लाख, स्टान्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड ८९ लाख र लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड ४५ लाख खुद नाफा आर्जन गरेको छ ।

आव २०७९/८० मा यी बै‌कहरुले क्रमशः ४ अर्ब ४८ करोड, ५१ करोड ७९ लाख, १ अर्ब २ करोड ७८ लाख, १ अर्ब ३२ करोड ३४ लाख, ३अर्ब ३६ करोड, ३ अर्ब ५९ करोड, ३ अर्ब ४६ करोड र २ अर्ब २८ करोड नाफा आर्जन गरेका थिए ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT