Techie IT
Monday, July 27, 2026 | आईतबार, साउन १०, २०८३
२०८३ साउन १०, आईतबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र‘गोरुले मयूर खान्छ’ भनेर ट्रोल बनेकी चन्द्रकलाले मागिन् माफी

‘गोरुले मयूर खान्छ’ भनेर ट्रोल बनेकी चन्द्रकलाले मागिन् माफी


काठमाडौं । काठमाडौंको पशुपतिनाथमा जारी कोटीहोम महायज्ञमा कथा वाचनका क्रममा ‘गोरुले मयूर खान्छ’ भनेर ट्रोल बनेकी कथावाचक चन्द्रकला शखीले माफी मागेकी छिन् । उनले कथावाचनको क्रममा ‘जिब्रो चिप्लिएको’ भन्दै माफी मागेकी हुन् ।

पशुपति कोटीहोमका प्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जालमार्फत कथावाचक शखीले ‘जिब्रो चिप्लिएको’ भन्दै माफी मागेको जानकारी दिएका हुन् ।

कथावाचक शखीले बुधबार कथा वाचनका क्रममा गोरुको प्रिय भोजन मयूर भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘ सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने मुसा हो ।’

शखीलाई बचाउ गर्नेहरुले ‘मयूर भनेको फूल हो’ भनेर पनि कुतर्क गरिरहेका थिए । किनकि, यहाँ उनले ‘गोरुले फूल खान्छ’ भन्न खोजकै होइनन् । त्यसो भन्न खोजेको भए उनले ‘मयूरले सर्प खान्छ’ भन्ने थिइनन् । जे होस्, कथावाचक शखीले माफी मागिसकेकी छिन्, तर उनका अन्धभक्तहरु भने अनेक कुतर्क गर्दै जोगाउन खोजिरहेछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT