Techie IT
Friday, April 18, 2025 | शुक्रबार, वैशाख ६, २०८२
२०८२ वैशाख ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्र‘गोरुले मयूर खान्छ’ भनेर ट्रोल बनेकी चन्द्रकलाले मागिन् माफी

‘गोरुले मयूर खान्छ’ भनेर ट्रोल बनेकी चन्द्रकलाले मागिन् माफी


काठमाडौं । काठमाडौंको पशुपतिनाथमा जारी कोटीहोम महायज्ञमा कथा वाचनका क्रममा ‘गोरुले मयूर खान्छ’ भनेर ट्रोल बनेकी कथावाचक चन्द्रकला शखीले माफी मागेकी छिन् । उनले कथावाचनको क्रममा ‘जिब्रो चिप्लिएको’ भन्दै माफी मागेकी हुन् ।

पशुपति कोटीहोमका प्रवक्ता राजानन्द माण्डव्यले सामाजिक सञ्जालमार्फत कथावाचक शखीले ‘जिब्रो चिप्लिएको’ भन्दै माफी मागेको जानकारी दिएका हुन् ।

कथावाचक शखीले बुधबार कथा वाचनका क्रममा गोरुको प्रिय भोजन मयूर भएको बताएकी थिइन् । उनले भनेकी थिइन्, ‘ सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने मुसा हो ।’

शखीलाई बचाउ गर्नेहरुले ‘मयूर भनेको फूल हो’ भनेर पनि कुतर्क गरिरहेका थिए । किनकि, यहाँ उनले ‘गोरुले फूल खान्छ’ भन्न खोजकै होइनन् । त्यसो भन्न खोजेको भए उनले ‘मयूरले सर्प खान्छ’ भन्ने थिइनन् । जे होस्, कथावाचक शखीले माफी मागिसकेकी छिन्, तर उनका अन्धभक्तहरु भने अनेक कुतर्क गर्दै जोगाउन खोजिरहेछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

२५ करोड रकम बोक्ने ट्रकका चालक जेल चलान, माओवादीनिकट मालिक…

काठमाडौँको टोखाबाट बरामद गरिएको २५ करोड बराबरको युरो र डलर प्रकरणमा ट्रक चालक फुच्चे भनिने कुसाङ लामा पुर्पक्षका लागि कारागार

सुमनाले किन छाडिन् रास्वपाको सहमहामन्त्री पद ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सहमहामन्त्री सुमना श्रेष्ठले पदबाट राजीनामा दिएकी छिन् । एक व्यक्ति एक पदको अवधारणामा आफूले सहमहामन्त्री

अब बीवाईडीको ईभी गाडी किन्दा १० वर्षको वारेन्टी, दुई लाख…

काठमाडौँ । नेपालका लागि बीवाईडी अटो इन्डस्ट्रीको आधिकारिक वितरक साइमेक्स इंक प्रालिले नेपालमा बिक्री भएका बीवाईडीका सबै विद्युतीय सवारी साधन

राष्ट्रपतिले बोलाए संसदको दुवै अधिवेशन, अब आउला शिक्षा ऐन ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आव्हान गरेका छन् । मन्त्रिपरिषद्को मंगलबार रातिको बैठकले संसद बैठक

डेढ लाख दर्शकले अवलोकन गरे नवौं भक्तपुर महोत्सव

भक्तपुर । ‘नयाँ वर्ष नयाँ सोच युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्दै आयोजित भक्तपुरमा महोत्सवमा दर्शकको घुइँचो लागेको छ ।

सत्ता गठबन्धनमा गडबड: शेखरको आड पाएपछि प्रचण्ड हौसिए, एमाले निराश

अहिले कांग्रेस र एमालेबीचको सत्ता गठबन्धन संकटमा परेको चर्चा चुलिएको छ ।

Techie IT