Techie IT
Thursday, June 11, 2026 | बुधबार, जेठ २७, २०८३
२०८३ जेठ २७, बुधबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रप्रेमिकासँग खटपट भएपछि बहिनीकी छोरीको अपहरण !

प्रेमिकासँग खटपट भएपछि बहिनीकी छोरीको अपहरण !


काठमाडौं । तपाईंलाई सुन्दा अचम्म लाग्न सक्छ, सुनसरीमा एक पुरुषले प्रेमिकासँगको सम्बन्धमा खटपट आएपछि प्रेमिकाकी बहिनीकी छोरीको अपहरण गरेको खुलेको छ । सुनसरीको दुहवी नगरपालिका–६ का ५० वर्षे सञ्जय पासवानले एक युवतीसँगको प्रेम सम्बन्धमा खटपट आएपछि प्रेमिकाकी बहिनीकी ६ वर्षीया छोरीलाई अपहरण गरेको खुलेको हो ।

‍बालिका अपहरण गरेको आरोपमा प्रहरीले सञ्जयसहित उनका दुईजना सहयोगीलाई पक्राउ गरेको छ । अपहरण आरोपमा प्रहरीले सञ्जयसहित कलानन्द पासवान र सरिता पासवानलाई पक्राउ गरेको हो ।

अपहरणमा परेकी बालिका र सञ्जय आफन्त पर्दछन् । दुहवी नगरपालिका–१० डुम्राहाबाट मंगलबार दिउँसो ३ बजे आफ्नै मामाघरको आँगनमा खेलिरहेको अवस्थामा सञ्जयले बालिकालाई अपहरण गरेको प्रहरीले जनाएको छ ।

घरबाट अपहरण गरेर सञ्जयले बालिकालाई विराटनगर–१० मानव सेवा आश्रम अगाडि डेरामा लगेर राखेका थिए । प्रहरीले सोही डेराबाट बन्धक बनाएर राखिएको अवस्थामा बालिकालाई उद्धार गरेको हो ।

बालिकाकी ठूलीआमासँग सञ्जयको प्रेम सम्बन्ध भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । उनीहरूबीच खटपट भएपछि ती युवती सञ्जयसँग सम्पर्कविहीन भएर विदेश जाने भन्दै काठमाडौं गएकी थिइन् ।

पक्राउ परेका सञ्जय विवाहित हुन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रास्वपाका खेलकुद विभाग सदस्य भन्छन्- खेल मनोरञ्जनको साधनमात्रै होइन, राष्ट्रको…

काठमाडौं । रास्वपाका केन्द्रीय खेलकुद विभागका सदस्य शिव सिलवालले खेलकुदलाई मनोरञ्जनको साधनका रुपमा मात्रै बुझ्न नहुने बताएका छन् । खेलकुदले

अर्थमन्त्री भन्छन्: पाँच वर्ष हाम्रै सरकार हो, यसपालि बजेटमा छुटेका…

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले ५ वर्षको अवधि सोचेर जग बसाउने बजेट ल्याएको बताए। नेपाल आर्थिक पत्रकार संघले बजेटपछिको अन्तरक्रिया

स्वदेशमै रोजगारी सिर्जनाको लक्ष्यसहित अमरेश ठाकुरको नयाँ अभियान

काठमाडौं । संघर्ष, मेहनत र आत्मविश्वासको उदाहरण बनेका सर्लाही ईश्वरपुर नगरपालिका–११ करमोहानका अमरेश ठाकुरले स्वदेशमै ठूलो स्तरमा रोजगारी सिर्जना गर्ने लक्ष्यसहित

कलाकार संघको महासचिवमा बुर्लाकोटीको उम्मेदवारी, चुनाव जित्नेमा ढुक्क

काठमाडौ । २०५१ सालदेखि टेलिफिल्म मौनताबाट अभिनय यात्रा शुरु गरेका कलाकार रामेश्वर बुर्लाकोटी नेपाल चलचित्र कलाकार संघको २१ औ साधारणसभामा

जनताको जीवनभन्दा जमिन ठूलो हो ?

प्रधानमन्त्री बालेनलाई सपोर्ट गरिरहेकाहरुलाई एउटा डर छ कि, कतै सुकुम्बासीको पक्षमा बोल्दा बालेनको विरोधी पो होइने हो कि !

कृषिबाटै समृद्धि सम्भव: नीतिगत सुधार र वन्यजन्तु व्यवस्थापनमा किसानको जोड

पाल्पा । पाल्पा र स्याङ्जाका स्थानीय जनप्रतिनिधि तथा कृषकहरूले कृषि क्षेत्रमा देखिएका समस्या समाधान र लगानी वृद्धि गर्न सके नेपालमै

Techie IT