Techie IT
Thursday, December 4, 2025 | बिहीबार, मंसीर १८, २०८२
२०८२ मंसीर १८, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङजेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग

जेन्जीका चार समूहद्धारा ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग


काठमाडौं । जेन्जी आन्दोलनसँग सम्बन्धित चार विभिन्न समूहहरूले संयुक्त रूपमा वक्तव्य जारी गर्दै वर्तमान नागरिक सरकारले आफ्नो नैतिक हैसियत गुमाइसकेको आरोप लगाएका छन्।

मन्त्रीहरूले राजनीतिक दलसँग औपचारिक संलग्नता जनाएपछि नागरिक सरकारको अस्तित्व नै प्रश्नमा परेको उनीहरूको बुझाई छ । कार्यकारी पदमै बसेर राजनीतिक दलमार्फत सक्रिय राजनीति गर्नु “नागरिक सरकारको सिद्धान्त, पदको शपथ र सार्वजनिक नैतिकताको खुला उल्लंघन भएको संयुक्त वक्तव्यमा बताएकाछन् ।

यस्तो गतिविधिले जनताको विश्वासमाथि धक्का पुर्याएको र राज्य संयन्त्रलाई दलगत स्वार्थमा बन्धक बनाउन खोजिएको उनीहरुको आरोप छ। जेएनजी विद्रोहले उठाएका सुशासन, पारदर्शिता र जवाफदेहिता जस्ता मूल मुद्दालाई कमजोर पार्ने कुनै पनि चलखेल स्वीकार्य नहुने उनीहरुले बताउकाछन् ।

संयुक्त वक्तव्यमार्फत उनीहरुले सरकार समक्ष ऊर्जा मन्त्री कुलमान घिसिङलाई तत्काल बर्खास्त गर्न माग गरेकाछन् । नागरिक सरकार जनताको नैतिक अधिकारबाट जन्मिएको संरचना भएकाले पदमा बसेका व्यक्तिहरूको निजी स्वार्थ र दलगत गतिविधिले यसलाई कब्जा गर्न नदिने प्रतिबद्धता उनीहरूले जनाएकाछन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

सरकारी कर्मचारीको तलब २० हजार बढाउनुपर्ने दुर्गा प्रसाईंको माग

व्यवसायी दुर्गा प्रसाईंले सरकारी कर्मचारीको तलब बढाउन माग गरेका छन् । प्रसाईंले सेना, प्रहरी र निजामती कर्मचारीको तलब बढाउन माग

Techie IT