Techie IT
Monday, December 1, 2025 | सोमबार, मंसीर १५, २०८२
२०८२ मंसीर १५, सोमबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङजेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ

जेनजी आन्दोलनमा ह्यात होटलको क्यासिनो लुटपाट आरोपमा २ जना पक्राउ


काठमाडौं । जेनजी आन्दोलनको क्रममा बौद्धस्थित ह्यात होटलमा रहेको क्यासिनोमा लुटपाट गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा दावा सेट्टी र रणे भनिने रञ्जित खड्गी रहेकाछन् ।

उनीहरुलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । जाहेरी आएपछि उनीहरुलाई पक्राउ गरेर अनुसन्धान सुरु गरिएको हो । २४ भदौमा हायातमा रहेको प्राइड क्यासिनोमा लुटपाट भएको थियो ।

लुटपाट आरोपमा पक्राउ परेकाहरू खुकुरी बोकेर क्यासिनोमा प्रवेश गरेको भिडियो देखिएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT