गृहपृष्ठ ∕ ब्रेकिङ ∕ रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना रवि जेलबाट ननिस्किउनजेल सभापति बन्ने बालेनको चाहना स्वर्णपत्र शुक्रबार, २०८२ मंसीर १२ गते, १६:१६ मा प्रकाशित ब्रेकिङ काठमाडौं । रास्वपाले काठमाडौं महानगरका मेयर बालेन साहलाई आफ्नो पार्टीमा ल्याउन व्यापक पहल गरिरहेको खुलेको छ । रास्वपामा आउन बालेन सकारात्मक भएपछि छलफललाई तिव्रता दिइएको हो । दुई समूहबीच पछिल्लो समय भएको वार्तामा बालेनले प्रष्टैसँग नयाँ दल दर्ता गर्ने योजना नभएको खुलाएका छन् । त्यसपछि रास्वपाले बालेनलाई बढी च्यापेको हो । पछिल्लो समय रास्वपाले पार्टी उपसभापति स्वर्णिम वाग्लेको संयोजकत्वमा कार्यदल नै बनाएर वैकल्पिक राजनीतिक शक्तिहरूसँग एकताका लागि संवाद अघि बढाइरहेको हो, जसमा पार्टी सचिवालय सदस्य शिशिर खनाललगायत नेताहरू वैकल्पिक शक्तिलाई एक ठाउँमा एकताबद्ध गर्ने र आगामी चुनावी मैदानबाट बलियो शक्ति बनाउने प्रयासमा लागेका छन् । सोही क्रममा बालेनको टीमसँग संवाद गरिएको हो । खासगरी रास्वपा सभापति रवि लामिछानेलाई लागेको मुद्दामा सफाइ पाएर जेलबाहिर नआएसम्म बालेनलाई सभापतिको भूमिका दिनुपर्ने भन्ने एक मात्र प्रस्ताव उनको टीमबाट आएको भनिएको छ । #बालेन शाह तपाईंको प्रतिक्रिया दिनुहोस् थप समाचार चितवनको ब्याटिङ खराब हुँदा काठमान्डुको तेस्रो जित नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण अन्तर्गत १५ औँ खेलमा चितवन राइनोजलाई ५३ रनले पराजित गर्दै काठमान्डु गोर्खाजले प्रतियोगितामा तेस्रो लोकप्रिय १ एमालेले भोलि काठमाडौंमा ६० हजारभन्दा धेरै मान्छे उतार्ने महेश बस्नेतको दाबी २ बाराको सिमरा क्षेत्रमा आज पनि जेनजी प्रदर्शन, तनाव बढेपछि फेरि लगाइयो कर्फ्यू ३ राष्ट्रपतिलाई २३ जेनजी समूहले बुझाए ज्ञापनपत्र ४ आहा ! आमायाङ्री, जहाँ पुगेपछि पर्यटकलाई फर्कनै मन लाग्दैन ५ उर्मिला प्याकुरेल मधुश्री प्रतिष्ठानबाट चार व्यक्तित्व पुरस्कृत ६ साबिक विजेता जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित ७ रास्वपा छाड्नेको सूचीमा स्वर्णिम वाग्ले पनि ८ सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यु,एमाले नेता रोक्न जेन-जीका नाममा प्रदर्शन