Techie IT
Thursday, November 13, 2025 | बिहीबार, कात्तिक २७, २०८२
२०८२ कात्तिक २७, बिहीबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङजेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर

जेन जी आन्दोलनपछि बालेन र सरोज गुरागाईंको सम्बन्ध सुमधुर


काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साह र प्रमुख प्रशासकीय अधिकृतबीचको द्वन्द्वबारे धेरैलाई थाहा छ । त्यतिबेला भन्ने गरिन्थ्यो, गुरागाईंलाई भ्रष्टाचार गर्नकै लागि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले खटाएका हुन् ।

अर्थात बालेनलाई असफल बनाउनकै लागि गुरागाईंलाई काठमाडौं महानगरमा खटाइएको हो । तर अहिले सरकार फेरिएको मात्रै छैन, बालेनले नै बनाएका भनिएका प्रधानमन्त्री र मन्त्रीहरु छन् ।

तर अहिलेसम्म काठमाडौं महानगरमा प्रशासकीय अधिकृत फेरिएका छैनन् । अझ बुझिएअनुसार अहिले बालेन र गुरागाईंको सम्बन्ध निकै सुमधुर छ । विगतमा गुरागाई पक्षधर भनेर चिनिएकी उपमेयर सुनिता डंगोल भने अहिले अप्ठेरोमा परेकी छिन् ।

तर मुख्य कु्रा यो हो कि, सरकारदेखि सबैतिर बालेनले नै चाहेजस्तो हुँदा पनि काठमाडौं महानगरले केही काम गर्न भने सकेको छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

रवि र छविको मुद्दामा सुनुवाइ, रिहाइ हुने सम्भावना कति ?

सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल

Techie IT