Techie IT
Tuesday, July 8, 2025 | मंगलबार, असार २४, २०८२
२०८२ असार २४, मंगलबार
swarnapatra logo
गृहपृष्ठब्रेकिङठूलो पानीनै नपरी कसरी आयो रसुवामा बाढी ?

ठूलो पानीनै नपरी कसरी आयो रसुवामा बाढी ?


काठमाडौं । ठूलो वर्षा नै नभइ रसुवामा भीषण बाढी आएको छ । रसुवाको भोटेकोसी नदीमा आएको भीषण बाढीले ठूलो क्षति गरेको छ ।

चीनको स्वशासित क्षेत्र तिब्बतबाट भोटेकोसीमा ठूलो बाढी आएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । भोटेकोसीस्थित रसुवा–स्याप्रुबेँसी जलमापन केन्द्रमा मंगलबार (असार २४) बिहान ३ः३० बजे बाढी आइपुगेको थियो । बाढी बिहान ५ बजे त्रिशूली नदीस्थित वेत्रावतीमा आइपुगेको विभागले जनाएको छ ।

तर ठूलो पानी नै नपरी कसरी बाढी आयो भन्ने कुरा रहस्यमयी बनेको छ । यहाँ रसुवाको टिमुरे क्षेत्रमा हिमताल फुटेर बाढी आएको आशंका पनि गरिएको छ । जल तथा मौसम विभागले प्रारम्भिक रूपमा चिनियाँ क्षेत्रमा वर्षाकै कारण बाढी आएको नदेखिएको जनाएको छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

Techie IT