Techie IT
Tuesday, October 14, 2025 | मंगलबार, असोज २८, २०८२
२०८२ असोज २८, मंगलबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रसचिवसँग प्रधानमन्त्रीको प्रतिबद्धता: सरकारलाई असफल हुन दिइन्नँ, ढुक्कले काम गर्नुस्

सचिवसँग प्रधानमन्त्रीको प्रतिबद्धता: सरकारलाई असफल हुन दिइन्नँ, ढुक्कले काम गर्नुस्


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको गम्भीर परिस्थितिमा दुई प्रमुख दलको सहभागितामा सरकार बनेकाले यसलाई असफल हुने छुट नरहेको र छुट हुन नदिइने बताएका छन् ।
नेपालका सरकारका सचिवहरुलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा निर्देशन दिँदै प्रधानमन्त्री ओलीले अघिल्लो सरकारबाट काम हुन नसकेको र जनतामा निराशा छाएकाले दुई प्रमुख पार्टीको अगुवाईमा सरकार परिवर्तन गर्नुपरेको आफूले सदनमा विश्वासको मत माग्ने क्रममा पनि स्पष्ट पारिरहेको स्मरण गराए ।
‘यी दुई पार्टी मुलुकको आर्थिक, सामाजिक रुपान्तरणमा विशेष योगदान दिँदै आएका पार्टी हुन् । राणाकालदेखि राजतन्त्रसम्मको आन्दोलनमा जितेर आएका यी पार्टीको मुलुकको विकास र परिवर्तनका लागि हिस्सा र मुख्य भूमिका रहेको छ । त्यसकारण यो सरकारको काँधमा असाधारण जिम्मेवारी छ । यसलाई असफल हुने छुट छैन र कुनै हालतमा असफल हुन दिइँदैन’, उपप्रधानमन्त्री, मन्त्रीहरुलगायत विशिष्ट पदाधिकारी सहभागी बैठकमा प्रधानमन्त्री ओलीले भने, ‘असफल हुँदैन भनेर हामी हातमा हात बाँधेर बसेर आरामले बसेर चाहीँ सफल हुँदैन ।’
———





तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

कुन माया, कुन मोह ?

बर्षायामको अँधेरी रात, तिमी ढिपी गर्छौ ‘आउनु न के !’ नाइँ भन्न सकिनँ, मनले मान्यो । तर फर्किन डर लाग्यो,

माडागास्करमा पनि चर्कियो जेन जी आन्दोलन, देश छाडेर भागे राष्ट्रपति

काठमाडौं । अफ्रिकी मुलुक माडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिना देश छाडेर भागेका छन् । जेनजी पुस्ताले सेप्टेम्बर २५ देखि सुरू गरेको

प्रधानमन्त्री कार्कीको प्रष्टोक्तिः मैले कसैलाई चन्दा संकलन गर्न अनुमति दिएको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले चन्दा सङ्कलन गर्ने कार्यको लागि कुनै व्यक्ति वा समूहलाई आधिकारिक अनुमति नदिएको बताएकी छन् ।

सुदन गुरुङले संगठनलाई कब्जा गरेको भन्दै स्वतन्त्र जेन जीले जनाए…

काठमाडौं । भदौ २३ को जेनजी आन्दोलनमा पानी बाँड्न गएको भन्ने र विदेशी एजेन्सीको शंकास्पद एजेन्टका रूपमा काम गर्ने व्यक्तिले

किसानलाई फोहोरको बिम्ब बनाएर कविता लेख्दा पनि बालेनकै हाइहाइ, आखिर…

काठमाडौं । किसानलाई फोहोरको बिम्ब बनाएर कविता जस्तो भावना सार्वजनिक गरेपछि काठमाडौं महानगरका मेयर मेयर बालेन साह विवादमा तानिएका छन्

रविको रिहाइका लागि सरकारी स्तरमै छलफल, प्रक्रियामा अलमल

काठमाडौं । जेलमा रहेका रास्वपा सभापति रवि लामिछानेको रिहाइका लागि सरकारी स्तरमै छलफल भएको खुलेको छ । सहकारी ठगीमा पुर्पक्षका

Techie IT