Techie IT
Friday, August 22, 2025 | शुक्रबार, भदौ ६, २०८२
२०८२ भदौ ६, शुक्रबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रक्याप्टेन मनिषले खोले जहाज दुर्घटनाको रहस्य, भन्छन्- त्यसपछि त मलाई आकाशले नै थिचेजस्तो भयो

क्याप्टेन मनिषले खोले जहाज दुर्घटनाको रहस्य, भन्छन्- त्यसपछि त मलाई आकाशले नै थिचेजस्तो भयो


काठमाडौं । बुधबार भएको सौर्य एयरको विमान दुर्घटनाको रहस्य खुलेको छ । दुर्घटनमा बाँच्न सफल क्याप्टेन मनिष शाक्यले उक्त रहस्योद्घाटन गरेका हुन् ।

बिहीबार बिहान केएमसीकी मेडिकल डाइरेक्टर डा. मिना थापासँग उपचाररत क्याप्टेन शाक्यले जहाजलाई कन्ट्रोल गर्न नसकिएको कुरा खुलाएका हुन् ।

मिनाका अनुसार उनले भनेको कुरा यस्तो छ–

‘करिब १०० फिटमा पुगेपछि जहाज माथि लैजान सकिनँ । तल खस्न थाल्यो । एकैपल्ट थिचिएको जस्तो अनुभव भयो । सानो प्वालबाट आफैं बाहिर निस्किएँ । त्यसबाट नस्किन लाग्दा कसैले मलाई तानेको याद छ ।’

काठमाडौंबाट बुधबार बिहान ११ः११ मा पोखराका लागि उडेको ९ एन–एएमई सीआरजे विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेलगत्तै परिसरभित्रै दुर्घटना भएको थियो । घटनामा परेर १८ जनाको मृत्यु भएको छ भने पाइलट शाक्यको घाइते अवस्थामा उद्धार गरेर केएमसी अस्पतालमा ११ः३० मा पुर्‍याइएको थियो ।

अस्पतालका अनुसार क्याप्टेन शाक्यको शरीरका विभिन्न भागमा चोटपटक लागेको छ । डा. थापाका अनुसार उनी खतरामुक्त छन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

ओलीले अस्वीकार गरे विद्या भण्डारीको निम्तो, गएनन् मदन भण्डारीको हिरक…

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको निम्तो अस्वीकार गरेका छन् । मदन भण्डारी हीरक

मनग्ये नाफा कमाउन पाउनुपर्ने भन्दै निजी विद्यालय सञ्चालक सडकमा

विद्यालय शिक्षा विधेयकको प्रतिवेदनमा आफूहरूका माग समावेश नगरिएको भन्दै निजी विद्यालयका सञ्चालक तथा प्रिन्सिपलहरूले माइतीघर मण्डलमा विरोध प्रदर्शन गरेका छन्

विपिन जोशीबारे केही तथ्य पत्ता नलगाइ इजरायबाट स्वदेश फर्किए आमा…

काठमाडौं । विपिन जोशीको परिवार इजरायलबाट स्वदेश फर्किएको छ । विपिन जोशीकी आमा र बहिनी १० दिनअघि इजरायल गएका थिए

रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै उठ्यो ६५ लाख नगद

काठमाडौं । रास्वपाले आफ्ना सभापति रवि लामिछानेको पक्षमा ३४ लाख हस्ताक्षरसँगै ६५ लाख रुपैयाँ नगद संकलन गरेको छ । सहकारी

निजी विद्यालयलाई नाफा कमाउन दिनुपर्नेमा सांसदको जोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद विना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउने कुराले शिक्षाको स्तर खस्किने बताएकी छन् । उनले

फेरि बल्झियो लिपुलेक विवाद, नेपाल र भारतको आ–आफ्नै अडान, चीन…

काठमाडौं । नेपाल, भारत र चीनको सीमा क्षेत्रमा पर्ने नेपालको लिपुलेक, लिम्पियाधुरा सीमा विवाद फेरि बल्झिएको छ । उक्त क्षेत्रमा

Techie IT