Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्रओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित)

ओली-कुलमान द्वन्द्व उत्कर्षमा, फेरिएलान् प्राधिकरण प्रमुख ? (भिडिओसहित)


काठमाडौं । केही दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगहरुमा काटिएको बिजुलीको लाइन तुरुन्त जोड्नका लागि नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई निर्देशन दिए ।

डेडिकेटेड र ट्रंक लाइन विवादका कारण लाइन काटिएका ६ वटा उद्योगमा तुरुन्त बिजुली पठाउन प्रधानमन्त्री ओलीले प्राधिकरण प्रमुख घिसिङलाई निर्देशन दिएका हुन् । यस विषयमा थप चर्चा गर्नुअघि हेरौं, कुन उद्योगले कति रकम तिर्न बाँकी छ ?

कुन उद्योगले कति तिर्न बाँकी छ बिजुलीको पैसा ?

१. जगदम्बा स्टिल: १ अर्ब ६० करोड
२. जगदम्बा सिन्थेटिक्स: २० करोड
३. रिलायन्स स्पिनिङ मिल्स: ७५ करोड ३७ लाख
४. घोराही सिमेन्ट: ५१ करोड
५. अर्घाखाँची सिमेन्ट: ४४ करोड ८६ लाख बक्यौता
६. हुलास स्टिल: १४ करोड

अब यसरी बिजुलीको रकम तिर्न बाँकी उद्योगहरुमा लाइन जोड्न प्रधानमन्त्रीले निर्देशन दिनु ठिक कि बेठिक ? भनेर बहस भइरहेको छ । एकाथरीले भनिरहेका छन्– देशले चरम आर्थिक संकट खेपिरहेका बेला उद्योगमा बिजुलीको लाइन काट्नु सरासर गलत हो । महसुल उठाउन बाँकी भए उठाउनु पर्छ, तर बिजुलीको लाइन नै काट्ने कुरा ठिक होइन ।

अर्काथरीले भनिरहेका छन्– बिजुलीको पैसा नतिर्ने जो–कोहीको लाइन काटिनुपर्छ । अहिलेको सरकार व्यपारी र माफियाको पक्षमा लागेर पञ्चायती शैलीमा बिजुलीको लाइन जोड्न निर्देशन दिइरहेछ ।

झट्ट सुन्दा दुवै पक्षका कुरा ‘हो’ जस्तो लाग्ने खालका छन् । र, प्रधानमन्त्री ओलीले कुन परिप्रेक्ष्यमा त्यस्तो निर्देशन दिएका हुन् भन्नेबारे पनि बुझ्न जरुरी छ ।

संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार बन्ने भएपछि उद्योगी, व्यापारी मज्जा हौसिए, जसलाई सेयर मार्केटको हरियालीले नै प्रष्ट पार्छ । जब प्रधानमन्त्रीमा केपी शर्मा ओली र अर्थमन्त्रीमा विष्णु पौडेल नियुक्त भए, तब उद्योगी, व्यापारी र व्यवसायी झन् खुसी भए । ओली प्रधानमन्त्री हुनेबित्तिकै निजी क्षेत्रका सरोकारवाला व्यक्तिहरु भेट्नका लागि गए । र आफ्नो गुनासो राखे । त्यसपछि प्रधानमन्त्री ओलीले उद्योगमा काटिएको बिजुलीको लाइन जोड्न निर्देशन दिएका हुन् ।

माओवादीको आड पाएका प्राधिकरण प्रमुख घिसिङले सजिलै प्रधानमन्त्रीको निर्देशन मानेनन् । प्रधानमन्त्रीको मौखिक निर्देशनले मात्रै नहुने, लिखित पत्र चाहिने जस्ता कुरा गरे । माओवादी सांसदले पनि संसदमा कुलमानको पक्षमा वकालत गरे । अन्नतः केही उद्योगमा काटिएको लाइन जोडिएको छ भने केहीमा अझै जोड्न बाँकी छ । यस विषयमा थप चर्चाअघि बुझौं, के हो त डेडिकेटेड र ट्रंक लाइन भनेको चाहिँ !

के हो त डेडिकेटेड र ट्रंक लाइन ?

‘डेडिकेटेड फिडर’ भनेको विद्युतको सबस्टेसनबाट छुट्टै तार ल्याएर कुनै ग्राहकलाई विद्युत् आपूर्ति गर्नु हो । यस्तो फिडरमा लोडसेडिङका बेला पनि निरन्तर विद्युत् आपूर्ति गर्ने सुविधा हुन्थ्यो । एउटा लाइनबाट लोडसेडिङ्ग हुँदा अर्कोबाट विद्युत् आपूर्ति गर्न सकिन्छ ।

‘ट्रंक लाइन’मार्फत चाहिँ चौबीसै घण्टा बिजुली आउने प्रसारण लाइनबाट उद्योगमा तार तानेर उद्योगभित्र नै ट्रान्सर्फमर राखेर बिजुली दिइन्छ । विगतमा नेपालमा विभिन्न समयमा लोडसेडिङ हुने गरेकोमा डेडिकेटेड फिडर र ट्रंकलाइनका माध्यमबाट सिंहदरबारलगायत महत्वपूर्ण सरकारी कार्यालयहरु, सुरक्षासँग सम्बन्धित कार्यालयहरु, अस्पतालहरु, टेलिकमका टावरहरुलगायतमा नियमित विद्युत् आपूर्ति गर्ने गरिन्थ्यो ।

लोडसेडिङका कारण जेनेरेटरबाट उद्योग चलाइरहेका उद्योगहरुले सरकारले विभिन्न सरकारी निकाय र अस्पतालहरुलाई दिए जस्तो डेडिकेटेड विद्युत् दिए प्रिमियम शुल्क तिर्न तयार रहेको भनेर लबिङ गरिरहेका थिए । त्यस परिवेशमा २०७० कात्तिक ३ गते नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडरबाट विद्युत् ‘लिन चाहने इच्छुक’ ग्राहकलाई त्यस्तो विद्युत् दिने भनेर गोरखापत्रमा सूचना जारी गर्यो ।

सो सूचनामा उद्योगहरुलाई थप समय विद्युत् प्रवाह गर्दा सर्वसाधारणलाई असर नगर्ने गरी प्रवाह गर्ने र त्यसबाट थप शुल्क लिने पनि उल्लेख थियो । यो निर्णय प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्लेको कार्यकालमा भएको थियो । डेडिकेटेड फिडरबाट दिएको विद्युतमा थप शुल्क लगाउने निर्णय प्राधिकरणले २०७० साल पुस १६ गते गरेको थियो ।

अहिलेको द्वन्द्व ओली र कुलमानको हो ?

तर अहिले प्रधानमन्त्री ओलीको निर्देशन र प्राधिकरण प्रमुख घिसिङको आलटाललाई कतिपयले राजनीतिक द्वन्द्वसँग जोडेर हेर्ने गरेका छन् । माओवादीमैत्री घिसिङलाई प्रधानमन्त्रीले ट्रयापमा पार्ने नियतका साथ त्यस्तो निर्देशन दिएको अनुमान गर्नेहरु पनि । अझ कतिपयले त घिसिङलाई प्राधिकरणबाट हटाउने चालबाजीका रुपमा पनि बुझेका छन् ।

राजनीतिक कुरा जे–जे भए पनि देश आर्थिक संकटले ग्रस्त भएका बेला उद्योगहरुमा बिजुलीको लाइन काट्ने कुरा ठिक होइन । कुनै पनि उद्योग वा कतैबाट बक्यौता रकम उठाउनुपर्ने भए उठाउनु पर्छ । नीतिगतरुपमै समस्या भए त्यसको हल गर्नुपर्छ । तर, सयौं रोजिरोटी र देशकै भविष्य जोडिएका उद्योगहरु ठप्प पार्ने कुरा ठिक होइन । उद्योग , व्यवसाय प्रवद्र्धनबिना समृद्ध मुलुक निर्माण पनि सम्भव छैन ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT