Techie IT
Monday, July 27, 2026 | सोमबार, साउन ११, २०८३
२०८३ साउन ११, सोमबार
swarnapatra logo
गृहपृष्ठमुख्यपत्ररानाको रानोमा यसरी लठ्ठियो रास्वपा (भिडिओसहित)

रानाको रानोमा यसरी लठ्ठियो रास्वपा (भिडिओसहित)


काठमाडौं । केही समयअघि प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र बाहिरियो । जहाँ उपसभामुख रानाले एक कार्यक्रमका लागि पाँचजना नेपालीलाई अमेरिका लैजान आग्रह गरेकी थिइन् । उपसभामुखकै लेटरहेडमा रानाले खुलेयाम यस्तो आग्रह गरेको कुरा कतै छिपेको छैन ।

उक्त पत्रका कारण चौतर्फी आलोचना भएपछि रानाले भनिन्, ‘विदेश पठाइदिने भनिएका मान्छेहरुलाई म चिन्दै चिन्दिनँ ।’ अझ सप्रमाण तथ्यहरु बाहिरिएपछि भनिन्, करुणाभावले त्यसो गरेको हुँ, मेरो नियत खराब थिएन ।’

अझ ती व्यक्तिलाई अमेरिका पठाउनका लागि रानाले पैसा लिएको, तर भिसा नलागेपछि फेरि पठाउँछु भनेर झुलाएको भन्ने विवरणसहितको अडियो पनि सार्वजनिक भएको छ । यसरी उपसभामुख रानाले अमेरिका पठाउने नाममा धन्दा गरेको प्रष्ट हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी भने चुपचाप बसिरहेको थियो । चारैतिरबाट पार्टीको धारणा माग भएपछि उसले आइतबार एक विज्ञप्ति जारी गर्यो । र भन्यो, ‘उपसभामुख राना निष्कलंक र उज्यालो छविकी हुनुहुन्छ । सत्तागठबन्धनले नियोजितरुपमा फसाउन खाजेको मात्रै हो ।’

यसरी उपसभामुख रानाले बेइमानी गरेको प्रष्ट र छताछुल्ल हुँदाहुँदै पनि जोगाउन खोज्नुले रास्वपाको ओरिजिनल चरित्रलाई बाहिर ल्याइदिएको छ । विगतमा आरोप लाग्नेबित्तिकै ढाकाकुमार श्रेष्ठलाई पार्टीबाट निकालेर प्रशंसा पाएको रास्वपालाई अहिलेको काण्डले भने अप्ठेरोमा पारेको छ ।

हुनतः उपसभामुख राना विगतदेखि नै विवादमा मुछिँदै आएकी पात्र हुन् । बालबालिकाको अवैध कारोबार गरेको आरोप लागेकी उनी आफूलाई भने समाजसेवी बताउँदै आएकी छिन् । विगतमा अनेक एनजिओ, आइएनजिओमा काम गरेकी रानालाई रास्वपाले टिपेर उपसभामुख बनाएको कारणबारे पार्टीभित्रै पनि कुरा उठेको बताइन्छ ।

संयुक्त राष्ट्रसंघको संयन्त्र ‘कमिसन अन द स्टाटस अफ वुमेन’ को ६७ औं सत्र (सीएसडब्लू ६७) मा सहभागी हुन जाने क्रममा रानाले प्रतिनिधिका रूपमा चार पुरुष र एक महिलालाई आफूसँगै अन्तर्वार्ताको मिति मिलाइदिन अमेरिकी दूतावासलाई पत्र लेखेकी थिइन् । उपसभामुखको लेटरप्याडमा लेखिएको पत्रमा उनले उपेन्द्र गौतम, सुष्मा लामा, राजेश लामा, सुजन घर्ती मगर र धनप्रसाद गुरुङ पनि राष्ट्रसंघीय उक्त कार्यक्रमको प्रतिनिधि भएको दाबी गरेकी थिइन् ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

एफएनसीसीआईको महिला उद्यमशीलता विकास समितिको सदस्यमा युविका भण्डारी

काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)की महासचिव युविका भण्डारी नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको महिला

नियमका लागि मान्छे कि मान्छेका लागि नियम ?

आजको हाम्रो सरकार ढुंगा जस्तै भएको छ । न बोल्छ, न सुन्छ, न जवाफ दिन्छ । ऊ, भित्रभित्रै ‘जनतालाई देखाइदिने’

उत्कृष्ट शिक्षक-विद्यार्थीलाई मण्डन देउपुर नगरपालिकाको सम्मान, मिता भण्डारी बनिन् ऐच्छिक…

काभ्रेपलान्चोक । काभ्रेपलान्चोकको मण्डन देउपुर नगरपालिकाले आर्थिक वर्षान्तसँगै उत्कृष्ट विद्यार्थी, शिक्षक र प्रधानाध्यापकसँगै विद्यालयलाई सम्मान गरेको छ । सोमबार एक

रास्वपामा बढ्यो चरम असन्तुष्टि, मधेसकेन्द्रित नेता अधिक रष्ट

पछिल्लो रास्वपाका मधेसी नेता तथा सांसदहरूले पार्टी र सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरिरहेका छन् । मधेस प्रदेशबाट रास्वपाले ३२ सिटमध्ये

उखुबारीमा ‘भिटोफ’को विमर्श, होम स्टेमार्फत ग्रामीण पर्यटन प्रवर्द्धनमा जोड

काठमाडौं । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकास्थित उखुबारीमा अवस्थित सामुदायिक होम स्टेको प्रवर्द्धनका लागि गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ)ले विशेष अध्ययन तथा

रास्वपा सभापतिमा रवि निर्विकल्प, पदाधिकारीमा आकांक्षीको लर्को

यतिबेला सत्तारुढ रास्वपालाई महाधिवेशनले छपक्कै छोपेको छ । महाधिवेशनबाट सभापति र वरिष्ठ नेतामा क्रमशः रवि लामिछाने र बालेन दोहोरिने निश्चित

Techie IT