Techie IT
Friday, December 26, 2025 | बिहीबार, पुस १०, २०८२
२०८२ पुस १०, बिहीबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रकांग्रेसले पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ: सभापति देउवा

कांग्रेसले पढ्दैनन् भन्ने भाष्य चिर्नुपर्छ: सभापति देउवा


काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेसीहरु पढ्दैनन् भन्ने भाष्य चिर्न आवश्यक रहेको बताएका छन् ।

आइतबार ४२ औं बिपी स्मृति दिवसको अवसरमा नेपाली काँग्रेस केन्दीय पुस्तकालय शुभारम्भ कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले विश्वेश्वरप्रसाद कोईराला राजनीतिदेखि साहित्य लगायतका हरेक कुरामा सक्षम रहेको भन्दै उनको योगदानको स्मरण गरे ।

‘एउटा भन्ने चलन छ, काँग्रेसले पढ्दै पढ्दैन भनेर । अब लाइबेरी भएपछि अवश्य नै पढ्नुहुनेछ भन्ने लाग्छ मलाई’, देउवाले भने, ‘बिपी कोईरालाको सम्बन्धमा मैले भन्ने गरेको छु, धेरै ठूलो व्यक्ति हो । उहाँ हर चिजमा साहित्यकार, साइकोलोजिस्ट सबैकुरामा योग्य हुनुहुन्थ्यो । राजनीति र साहित्यका साथ साथै धेरै कुरामा उहाँको योगदान छ । राजनीतिमा उहाँ जिन्दगीभर कहिल्यै नथाकेर आफ्नो सिद्धान्त र राष्ट्रको लागि जुनसुकै बलिदान गर्न तयार भएको व्यक्ति हो ।’

सभापति देउवाले पुस्तकालयमा सबैले पढ्ने सहज वातावरण बनाउन आग्रह पनि गरे ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

बालेनको विश्वासपात्र बनिन् रक्षा बम

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन साहले जेनजी अभियन्ता रक्षा बमलाई आफ्नो विश्वासपात्रका रुपमा अघि सारेका छन् । नयाँ दल

प्रधानमन्त्रीको राजीनामा माग्दै निकोलस भुसालले थाले आमरण अनसन

काठमाडौं । अभियन्ता निकोलस भुसालले आमरण अनसन सुरु गरेका छन् । उनले गएराति १० बजेदेखि अनसन सुरु गरेका हुन् ।

एक लाख सवारीमा जडान गरिसकेपछि सरकारले घटाउने भयो इम्बोस्ड नम्बर…

काठमाडौं । महँगो शुल्कका कारण लामो समयदेखि विवादित बन्दै आएको ‘इम्बोस्ड नम्बर प्लेट’को मूल्य सरकारले घटाउने भएको छ । करिब

जेनजी आन्दोलनका घाइतेहरुलाई निर्वाह भत्ता दिइने, अति गम्भीरलाई १८ हजार

काठमाडौं । सरकारले २३ र २४ भदौको जेनजी प्रदर्शन तथा आन्दोलनमा घाइते भएकाहरूलाई मासिक रूपमा निर्वाह भत्ता दिने भएको छ

अब देशमा निर्वाचन बाहेक अरु कुनै विकल्प नभएको प्रधानमन्त्री कार्कीको…

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले मुलुकलाई संविधानसम्मत सुरक्षित तवरले अघि बढाउन निर्वाचनमात्रै विकल्प रहेको बताएकी छन् । एक कार्यक्रममा उनले

एमालेको मतदानमा मोबाइल लान बन्देज

नेकपा एमालेले नयाँ नेतृत्व चयनका लागि जारी मतदानको नतिजा आज बेलुका १० बजेभित्रै आइसक्ने आँकलन गरेको छ ।

Techie IT