Techie IT
Friday, May 9, 2025 | शुक्रबार, वैशाख २७, २०८२
२०८२ वैशाख २७, शुक्रबार
swarnapatra logo
गृहपृष्ठसमाचारपत्रमाओवादीका महासचिव भन्छन्- बिआरआईका कारण हाम्रो सरकार ढल्यो

माओवादीका महासचिव भन्छन्- बिआरआईका कारण हाम्रो सरकार ढल्यो


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले पुष्पकमल दाहाल नेतृत्वको सरकारले बिआरआई परियोजनालाई अगाडि बढाउन लागेपछि सरकार परिवर्तन भएको बताएका छन् ।

बिहीवार नेपाल कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागले आयोजना गरेको ‘बिआरआई वास्तविकता र भ्रम’ विषयक अन्तरक्रियामा बोल्दै महासचिव गुरुङले बिआरआई परियोजनालाई अगाडि बढाउन लागेपछि सरकार परिवर्तनको खेल शुरु भएको बताएका हुन् ।

उनले सन् २०१७ मा बिआरआईमा सम्झौता भएको उल्लेख गर्दै अहिले नीतिगत कार्यान्वयनसम्बन्धी सम्झौता गर्ने चरणमा रहेको पनि जानकारी दिए ।

दाहाल नेतृत्वको सरकारले नीतिगत कार्यान्वयनसम्बन्धी सम्झौता गरेर प्रक्रिया अगाडि बढाउन लागेकै बेला सरकार परिवर्तन भएको उनको भनाइ छ । दुई पक्षबीच हस्ताक्षर गर्ने तयारी भइरहेको बेलामा सरकार परिवर्तन भएको पनि उनले बताए ।

काँग्रेस–एमालेका बीचमा सरकार बनाउने सहमति भएको अघिल्लो दिन एक दलले ऋणसहितको बिआरआई लिनु हुँदैन भनेर वक्तव्य जारी गरेको भन्दै यसले सरकार परिवर्तन हुनुको एउटा ‘फ्याक्टर’ बिआरआई भएको देखाएको उनको जिकिर छ ।






तपाईंको प्रतिक्रिया दिनुहोस्


थप समाचार

आयो प्रिसाको पोष्टमार्टम रिपोर्ट, तर आए मृत्युको कारण

काठमाडौं । भारतको किट कलेजमा अध्ययनरत नेपाली छात्रा प्रिसा साहको शंकास्पद मृत्युको कुनै कारण खुल्न सकेको छैन । तथ्यजाँचका लागि

झन् खुल्दै बालेनका कर्तुत, महालेखाले खोज्यो नियमविपरीत विदेश भ्रमण गराइएको…

काठमाडौं । एम्बुलेन्स खरिदमा काठमाडौं महानगरका मेयर बालेन शाहको सचिवालयले भ्रष्टाचार गरेको चर्चा सेलाउन नपाउँदै फेरि अर्को अनियमितताको प्रकरण सार्वजनिक

स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अस्पतालको नवीकरण नगर्ने मन्त्री पौडेल चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पताललाई स्वास्थ्य बिमा कार्यक्रम रोक्ने अधिकार नभएको बताएका छन् । सोमबार चितवनमा

केन्द्रीय सदस्यले मागे नेविसंघ अध्यक्ष शेर्पाको राजीनामा, साधारण सदस्यबाट समेत…

काठमाडौं । नेपाल विद्यार्थी सङ्घका अध्यक्ष दुजाङ शेर्पालाई साधारण सदस्य समेत नरहने गरी कारबाही गर्न माग गर्दै केन्द्रीय अनुशासन समितिमा

विशेष जिल्ला कमिटीले गर्यो क्यालेण्डर विमोचन

काठमाडौं । नेकपा एमाले युवा विद्यार्थी विशेष जिल्ला कमिटी काठमाडौंले २०८२ सालको क्यालेण्डर विमोचन तथा नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रम

शिक्षक आन्दोलनको असर कम गर्न अखिल सिन्धुपाल्चोकले ट्युसन पढाउने

सिन्धुपाल्चोक । शिक्षक आन्दोलनका कारण विद्यालयमा पढाइ बन्द भएपछि अनेरास्ववियु सिन्धुपाल्चोककोले ट्युसन कक्षा संचालन गर्ने भएको छ । विद्यार्थीले पढ्न

Techie IT